|

काठमाडौं : दसैंका लागि राष्ट्र बैंकले प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ। दसैंका लागि करिब ६३ अर्ब मूल्य बराबरका नयाँ नोट साटिने अनुमान गरिएको राष्ट्र बैंका मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए।

निरौलाका अनुसार असोज १२ देखि १९ सम्म बैंक तथा वित्तीय संस्थालाई र २१ देखि फूलपातीको एक दिनअघिसम्म सर्वसाधरणलाई नोट साट्ने सुविधा मिलाइएको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिने समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

यस वर्ष दसैंका लागि राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ४८ करोड थान, १० रुपैयाँ दरका ३७ करोड थान र २० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट बजारमा ल्याउनेछ। बजारमा ५० दरका १७ करोड थान, १०० दरका १८ करोड थान, ५०० दरका २० करोड थान र हजार दरका ३६ करोड थान नोट चलन चल्तीमा छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.