|

एसिया कप क्रिकेट अन्तर्गत सुपर फाेरकाे खेलमा अफगानिस्तानले भारतलाई बराबरीमा रोकेको छ। भारत ४ वर्षपछि बराबरीमा रोकियो। यसअघि २०१४ मा अक्ल्यान्डमा न्युजिल्यान्डसँग भारत बराबरीमा रोकिएको थियो।

पहिले ब्याटिङ गर्दे  अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो। जवाफमा भारतले ४९ ओभर पाँच बलमा २५२ रनै जाड्न सक्यो। अफगानिस्तानले दिएको लक्ष्य पछ्याएको भारतले पहिलो विकेटका लागि १ सय १० रनको साझेदारी गरेपनि त्यसपछि भारतका कुनै पनि ब्याटसम्यान खुलेर खेल्ने सकेनन्। भारतका केएल राहुलले ६० तथा अम्बाती रायडुले ५७ रन बनाए।

यस्तै दिनेश कार्तिकले ४४ तथा रवीन्द्र जडेजाले २५ रन बनाए। भारतलाई अन्तिम ओभरमा सात रन चाहिएको थियो। स्पिनर राशिद खानले ६ रनमात्र दिंदा खेल बराबरीमा टुंगियो। भारतका खलिल अहमद र रवीन्द्र जडे्जा क्रिजमा थिए। ओभरको दोस्रो बलमा जडेडाले चौका प्रहार गरे। अर्को बलमा जडेजालेनै एक रन लिए। त्यसपछि स्ट्राइक खलिललाई गयो। राशिदको चौथो बलमा खलिलले एक रन बनाए। पाँचौँ बलमा जडेजा क्याच आउट भए। योसँगै खेलमा बराबरी भयो। अफगानिस्तानका आफताब आलम, मोहम्मद नाबी र राशिद खानले दुई दुई विकेट लिए। यस्तै जावेद अहमदीले एक विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि मोहम्मद शहजादको शानदार सतक प्रहार गरे। उनको सतकमा ८ विकेटको क्षतिमा अफगानिस्तान २५२ रन बनायो। शहजादले ११६ बलमा १ सय २४ रन बनाए। त्यस्तै मोहमद्ध नाबिले ६४ रनको योगदान दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.