|

इरानी राष्ट्रपति हसन रुहानीले आफूसँग तत्काल वार्ता गर्न अमेरिकालाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकालाई इरानसँग तत्काल वार्ता थाल्न आग्रह समेत गरे। त्यस्तै उनले आफूहरुलाई सत्रुतापूर्ण व्यवहार गरेको भन्दै अमेरिकी प्रशासनको आलोचना पनि गरे।

रुहानीले अमेरिकालाई अन्तर्राष्ट्रिय सुरक्षा परिषदमा विभेदपूर्ण व्यवहार गरेको उसले अपराध गरेको समेत उल्लेख गरे।  आतंकवाद अहिलेको मुख्य एजेन्डा भएको भन्दै रुहानीले त्यसलाई निर्मुल पार्न पनि आफू प्रतिवद्ध रहेको सभालाई जानकारी गराएका थिए। त्यस्तै रसिया र टर्कीसँग मिलेर सिरिया युद्धको अन्त्यका लागि पहल गर्ने समेत बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.