|

न्युयोर्क : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुल्गेरियाका न्यायिक सुधार तथा विदेशमन्त्री एकाटेरिना जारिभासँग भेटवार्ता गरेका छन्। 

संयुक्त राष्ट्रस‌ंघको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्युयाेर्क पुगेका दुई मुलुकका परराष्ट्रमन्त्रीबीच मंगलबार दुईपक्षीय हित तथा चासोका विषयमा छलफल भएको हाे।

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीसमेत सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.