विश्व

राष्ट्रसंघमा तीन महिने बालिकाको प्रवेश
SHARES

असोज १०, २०७५

    संयुक्त राष्ट्रसंघमा तीन महिने बालिकाले प्रवेश पाएकी छिन्। न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्दा एड्रेन तीन महिनाकी छोरी बोकेर राष्ट्रसंघको ७३ औं महासभामा पुगेकी हुन्।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेकी जेसिन्दाले आफ्नी तीनमहिने बच्चा लिएर सत्र घण्टाको हवाइ यात्रा तय गरेर न्यूयोर्क पुगेकी हुन्।

    उनले नेसनल मण्डेला शान्ति सभालाई सम्बोधन गरेकी छन्। प्रधानमन्त्री जेसिन्दाले सभालाई सम्बोधन गर्नु अघि बच्चालाई बाबुको जिम्मा लगाएकी थिइन्। सम्बोधन गर्नुअघि उनले छोरीलाई चुम्बन गरेकी थिइन्। 

    गत जुन २१ मा प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई जन्म दिएकी हुन्। यस अघि पाकिस्तानकी प्रधानमन्त्री बेनेजिर भट्टोले पाकिस्तानको प्रधानमन्त्री कालमा नै सन्तान जन्माएकी थिइन्। राष्ट्रसंघमा तीन महिने बच्चालाई प्रवेशका लागि राष्ट्रसंघले अनुमति दिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]