|
फोटो : रासस

भक्तपुर : मध्यपुर थिमी नगरपालिका–५ चोडेका बालकराम श्रेष्ठले जिब्रो छेडाएका छन्। ४० वर्षीय श्रेष्ठले  म‌गलबार बेलुकी ८ बजे मध्यपुर थिमी नगरपालिका द्विगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएका हुन्। 

‘चेंया पुन्हिया मेय प्वा : खनेगु’ जात्रा व्यवस्थापन समितिको संयोजनमा उनले जिब्रो छेडाएका हुन्। द्विगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाएर मानन्धर थरका व्यक्तिले बालेको यास्मता (लामो तीनवटा बत्ती) अघिपछि राखी जिब्रो छेडाउने बालकरामले महाद्वीप बोकेर नगरपरिक्रमा गरेका थिए। 

जिब्रो छेडाएर नगरपरिक्रमा गरिसकेर बालकुमारी मन्दिरमा आएर सियो निकालेर मन्दिरकै खम्बामा गाडेपछि जात्रा सम्पन्न भएको थियो।

२०६३ सालमा रोकिएर गत वर्ष सुरु भएको जात्रामा बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेका थिए। जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै हुनुपर्ने परम्परा छ।

जात्राको चारसम्म विभिन्न परिकार बनाई नगरका मानिसलाई भोज खुवाउने परम्परा छ। जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करिब सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा मध्यपुर थिमी नगरपालिकाले तीन लाख ५० हजार रुपैयाँ सहयोग गरेको प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। 

प्रत्येक वर्ष वैशाख २ गते मध्यपुर थिमीकै बोडेमा पनि जिब्रो छेडाउने परम्परा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.