|

बैतडी : रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा बैतडीमा समस्या हुने गरेको छ। जिल्ला अस्पतालमा आकस्मिक रुपमा कुनै बिरामीलाई रगत चाहिए जिल्लास्थित नेपाली सेनाको शत्रुमर्दन गुल्म र जिल्ला प्रहरी कार्यालयका धाउनुपर्ने बाध्यता रहेको छ।

रगतका लागि वर्षौंदेखि सेना तथा प्रहरीकै भर पर्नु परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए। शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ। उनले भने, ‘रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छौं।’

रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको छ। रक्त सञ्चार केन्द्रको सुविधा नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ। चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ। विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन्। त्यहाँ नपाए अन्य उपाय नै छैन। रक्त सञ्चार केन्द्र नहुँदा रगत सञ्चय गर्नसक्ने अवस्था छैन। अस्पतालमा सेवाका लागि बैतडीसहित दार्चुला र बझाङबाट समेत उपचारका लागि यहाँ आउने गरेका छन्। 

मान्दैनन् रगत  दिन

चेतनाको कमीले सबै मानिसले रक्तदान गर्न समेत गर्न  मान्दैनन्। रक्तदान गरे शारीरिक रुपमा कमजोर हुने विश्वास छ। रक्तदाता नपाएर बिरामीलाई रिफर गर्नुपर्ने अवस्था कम गर्न सुत्केरी हुन अस्पताल आउने महिलासँगै श्रीमान् वा जिम्मेवार पुरुष आउनु पर्ने नियम बनाएको छ। 'आफ्नै श्रीमतीलाई रगत आवश्यक परेमा समेत श्रीमानले रक्तदान दिन मान्दैनन्' उनले भने, ‘रगत दियो भने कमजोर भइन्छ भन्ने गलत बुझाई रहेको छ।’

आफन्तलाई आवश्यक भएका अवस्थामा समेत रगत दिन तयार नहुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. विष्टले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.