|

बैतडी : स्थानीयस्तरबाटै सञ्चालनका लागि कसैको चासो नदिँदा बैतडीका दुई क्याम्पसहरु भएका छन्। ग्रामीण भेगका विद्यार्थीहरुलाई उच्च शिक्षामा पहुँच पुर्‍याउनका लागि स्थापना भएका क्याम्पसहरु विद्यार्थीको अभावमा जिल्लाको सुर्नया गाउँपालिकास्थित रौलाकेदार बहुमुखी क्याम्पस र शंकर बहुमुखी क्याम्पस विद्यार्थी अभावमा बन्द भएका हुन्।

ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई सजिलो होस भन्ने उद्देश्यले क्याम्पसको स्थापना गरिएको रौलाकेदार बहुमुखी क्याम्पस अहिले विद्यार्थीकै अभावमा बन्द गर्नुपरेको क्याम्पस प्रमुख उद्धव विष्टले बताए। निजीस्तरबाट क्याम्पस सञ्चालनका लागि व्यवस्थापन पनि चुनौती रह्यो  उनले भने, 'विद्यार्थी संख्या पनि निकै कम हुँदा बन्द हुन पुग्यो।'

यस्तै २०६८ सालमा स्थापना भएको शंकर बहुमुखी क्याम्पसले पनि एक ब्याच मात्रै पठनपाठन कार्य सञ्चालनपछि बन्द भएको छ।  त्यसपछि विद्यार्थीको अभावमा पठनपाठन कार्य सञ्चालन हुन नसकेको शंकर संस्कृत माविका प्रधानाध्यापक रामबहादुर विष्टले बताए।  क्याम्पसमा विद्यार्थीहरु भर्ना भएका छैनन् उनले भने, 'विद्यार्थी नै भएनन् भने के ले क्याम्पस चलाउनु, यसले गर्दा क्याम्पस बन्द हुन पुगेको हो।'

स्थानीयस्तरमा क्याम्पस सञ्चालनका लागि कसैको चासो नहुँदा बन्द भएको रौलाकेदार बहुमुखी क्याम्पसका प्रमुख विष्टले बताए। समुदायस्तरमा सञ्चालन भएका क्याम्पसको व्यवस्थापनमा स्थानीय समुदायको पनि चासो हुनुपर्छ उनले भने, 'शिक्षकहरुले मात्रै सञ्चालन गर्न सक्दैनन्, शैक्षिक संस्थाहरु सञ्चालन गर्न स्थानीय समुदायको पनि उत्तिकै सहयोग आवश्यक हुन्छ।'

मानविकी संकाय सञ्चालन गरेको रौलाकेदार बहुमुखी क्याम्पस र व्यवस्थापन संकाय सञ्चालन गरेको शंकर बहुमुखी क्याम्पस विद्यार्थी अभावका साथै व्यवस्थापन नहुँदा बन्द भएका हुन्। उच्च शिक्षाका लागि धेरै जसो विद्यार्थीहरु अन्यत्र जाने भएकाले क्याम्पसमा विद्यार्थी भर्ना नभएका बताइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.