शवको मुचुल्‍का उठाउँदा प्रहरीको गम्भीर गल्ती : गृहमन्त्री

|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले कञ्‍चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यापछि प्रहरीले अनुसन्धान गर्दा गम्भीर गल्ती गरेको बताएका छन्। उनले प्रहरीले अनुसन्धानका लागि शवको मुचुल्का उठाउने क्रममा गम्भीर गल्ती गरेको बताए।

बुधबार संघीय संसद् प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा महिला हिंसा तथा हत्या र बलात्कारका घटना तथा अनुसन्धानबारे जवाफ दिँदै गृहमन्त्री थापाले पन्तको शव उठाउने बेला प्रहरीले गरेको गल्ती खुलासा गरेका हुन्। ‘यस्तो घटनामा प्रहरीले घटनाका प्रमाणहरू विश्वव्यापी रूपमा बचाउनुपर्ने हो, तर लुगा जलाइदिएको छ,’ उनले भने, ‘मुचुल्का उठाउँदा साउन ११ गते निर्मलाका बुबाको औँठा छाप मुचुल्कामा लगाइएकोछ, जबकि उनका बुबा साउन १२ गते मात्र भारतबाट नेपाल आएका थिए।’

थापाले गल्ती गर्नेहरूलाई त्यहाँका प्रहरी अधिकृतहरूलाई निलम्बन गरिसकिएको बताए। मंगलबार छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्रीले संसदीय समितिलाई जानकारी गराएका हुन्। 

यता, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरका तत्कालिन प्रमुख एसपी डिल्ली विष्ट लगायतको टीमको गम्भीर गल्ती देखिएको र त्यसले नेपाल प्रहरीको नै शाख गिरेको बताए। राज्य व्यवस्था तथा सुशासन समितिमा उनले आफूले गल्ती गर्ने कसैलाई पनि बचाउन नसक्ने र कसैले हस्तक्षेप गर्दा पनि बच्ने अवास्था नरहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.