|

धनगढी : प्रदेश ७ को स्थायी राजधानी र नामको विषयले धनगढी तनावग्रस्त बनेको छ। प्रदेशसभाबाट गठन भएको विशेष सुझाव समितिले हिजोको प्रदेशसभामा प्रदेश सातको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी नगरपालिका क्षेत्रमा राख्न सुझाव दिएको छ।

सोही विषयलाई लिएर धनगढी वासी आन्दोलीत भएका छन्। करोडौँ लगानी लगाएर अस्थायी राजधानीलाई सार्ने कार्य उपयुक्त नभएको ठहर उनीहरूको छ। प्रदर्शनको अगुवाइ धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले गरिरहेका छन्।

प्रदर्शनकारीहरूले बुधबारको प्रदेशसभाको बैठक सुरु भएदेखि नै प्रदर्शन गरेर बैठक अवरुद्ध गर्न खोजिरहेका छन्। प्रदेशसभाको बैठकमा पनि सोही विषयमा छलफल चलिरहेको छ। मंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले स्थायी राजधानी र नामबारे सुझावसहितको प्रतिवेदन टेवल गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.