काठमाडौं : साहित्यकार छविरमण सिलवालको नियात्रा कृति 'ग्रिनविचको साँझ' राजधानी काठमाडौंमा सार्वजनिक गरिएको छ। आफ्नो एक साता लामो लण्डन यात्रालाई समेटेर सिलवालले उक्त नियात्रा कृति प्रकाशन गरेका हुन्।
विमोचनमा समारोहमा साहित्यकार/पत्रकार श्रीओम श्रेष्ठ रोदन, समालोचकद्वय डा. लक्ष्मणप्रसाद गौतम, डा. गीता त्रिपाठीले पेस्तकमाथि टिप्पणी गरेका थिए।
शाब्दिक बुक्सले बजारमा ल्याएको उक्त पुस्तकमा नाटककार विलियम शेक्सपियरको जन्मस्थलदेखि बेलायतमा तीज मनाइएको वृतान्तसमेत उल्लेख छ।
लेखक सिलवालले एक साता लामो बेलायत बसाईका अनुभूतिलाई १० वटा विभिन्न शीर्षकमा प्रस्तुत गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।