|

रौतहट : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान संशोधन गरेरै भए पनि अपराधीलाई फाँसीको सजाय दिने व्यवस्था हुनुपर्ने बताएका छन्। रौतहटको चन्द्रपुर नगरपालिका ६ चन्द्रनिगाहपुरमा एसिड प्रहारबाट मृत्यु भएकी १८ वर्षीया सम्झना दासको परिवारलाई राहत प्रदान गर्दै मुख्य मन्त्री राउतले यस्तो बताएका हुन्। 

अर्काको ज्यान नै लिने गरी भएको अपराधको घोर निन्दा गदै मुख्य मन्त्री राउतले त्यस्ता अपराधीलाई फाँसीको सजाय हुर्ने बताए। मुख्यमन्त्री राउतले भने, ‘एसिड प्रहार गर्ने अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी राख्दैन।’ 

यस्ता अपराधका घटनाहरूलाई न्यूनीकरणका लागि पनि फाँसीको व्यवस्था हुनु पर्ने मख्य मन्त्री राउतले बताए। अन्य थप अपराधीलाई पत्ता लगाउनको लागि प्रदेश सरकारले न्यायाधिवक्ता दीपेन्द्रकुमार झाको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको उनले जानकारी दिए।

यसैबीच मुख्य मन्त्री राउतले एसिड प्रहारबाट मृत्यु भएकी सम्झनाको परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए। उनले सम्झनाका बुबा जादोलाला दासलाई चेक हस्तान्तरण गरेका हुन्। प्रदेश सरकारले पहिलो चरणमा एक लाख र दोस्रो चरण तीन लाख गरी चार लाख मृतक परिवारलाई राहतस्वरूप सहयोग गर्ने निर्णय गरेको मुख्य मन्त्री राउतले बताए।

मुख्य मन्त्री राउतले पीडित दासको घरमै पुगेर राहत रकम दिएका थिए। राहत हस्तान्त्रण कार्यक्रममा भौतिक योजना राज्यमन्त्री डिम्पल झा, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, बिधायक धनलाल ठोकर, अब्दुल कलाम आजादलगायतको सहभागिता रहेको थियो।

गत भदौ २७ गते राति मृतक सम्झना दास र बहिनी सुस्मिता दासमाथि सुतिरहेको अवस्थामा एसिड प्रहार भएको थियो। बहिनी सुस्मिताको काठमाडाैंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहको छ भने सम्झनाको गत मंगलबार निधन भएको थियो।

प्रहरीले एसिड प्रहार गरेको आरोपमा उनकै छिमेकी रामबाबु पासवानलाई नियन्त्रण लिएर अनुसन्धान गरिहेको छ। पासवानमाथि बाबु जादोलाल दासले किटानी समेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.