माधव नेपालले गरे अनौपचारिक चियापान कार्यक्रम

|

काठमाडौं : नेकपाका वरिष्ठ नेता माधव नेपालले डाकेको भेलामा पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने निष्कर्ष निकाल्न चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक डाक्नका निम्ति सबै सदस्यहरु सहमत भएका छन्।

शुक्रबार माधव नेपालले आयोजना गरेको अनौपचारिक चियापान कार्यक्रममा उनी निकटका नेताहरूको सहभागिता थियो।  कार्यक्रममा स्थायी सदस्य रघुजी पन्तले सरकार र पार्टी दुवैलाई कसरी प्रभावकारी बनाउने? पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने निष्कर्ष निकाल्न चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक डाक्नका निम्ति सबै सदस्यहरु सहमत भएको बताए।

उनले बामदेव गौतमलाई उद्धृत गर्दै भने, ‘दुवै अध्यक्ष देशमा नभएका बेला वरिष्ठ नेता नेपालले यसरी बैठकको आयोजना गर्नु सराहनीय रहेको छ।‘ उनले थपे, ‘वरिष्‍ताका हिसाबले पनि अनुभवका हिसाबले पनि यस्तो बैठक राख्नु ठिक छ। छिटोभन्दा छिटो स्थायी समितिको बैठक राख्नुपर्छ। हामी पनि केही कुरा सुधार्छौं।‘ पार्टीलाई कसरी जनतामा प्रभावकारी बनाउने र एकताबद्ध बनाउने भन्ने विषयमा आफूहरू सधैँ चिन्तित रहेको उनको भनाइ छ।

अर्का स्थायी सदस्‍य गणेश शाहले संसदीय मामिला र सरकारका कामकारबाही र बिखण्डनका बारेमा उनले कुरा राखेका थिए। लाहानको घटना, लामो समय नबसेको स्थायी समिति बैठकका बारेमा उनले चासो लिए। देश गम्भीर मोडमा पुगेको तथा पार्टीभित्र पनि संकट उत्पन्न भएको निष्कर्ष निकाल्दै त्यसको नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.