|

काठमाडौं :  देशको भुक्तानी असन्तुलन करिव २५ अर्ब रुपैयाँले  घाटामा देखिएको छ। आयात र निर्यात तथा भित्रने र आउने रकमको अन्तर बढेपछि भुक्तानी असन्तुलन बढेको देखिएको हो। 
नेपाल राष्ट्र बै‌कले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो देशको भुक्तानी सन्तुलन २४ अर्ब ७७ करोड रुपैयाँले ऋणात्मक छ। राष्ट्र बैंकका अनुसार निर्यात घट्दै गएको र आयात बढेका कारण भुक्तानी असन्तुलन ऋणात्मक हुन पुगेको हो।

‘आयातमा भएको उच्च वृद्धिका कारण साउन महिनामा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड रुपैयाँले घाटामा रहेको छ,’ राष्ट्र बैंकले सार्वजनिक गरेको  प्रतिवेदनमा लेखिएको छ।  गत वर्षको सोही महिनामा यस्तो घाटा तीन अर्ब  २९ करोड रहेको थियो। एक महिनामा नै आयात ६७ प्रतिशतले वृद्धि भएपछि उच्‍च शोधानान्तर घाटा देखिएको हो। 

आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले ह्रास आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.