|

डडेल्धुरा : डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा परशुराम नगरपालिका ४ पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन्। घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको हो।

पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.