|

कपिलवस्तु : विश्व मुटु दिवसको अवसरमा कपिलवस्तुमा बृहत साइकल यात्रा गरिएको छ। साइकिलिङले मुटु स्वस्थ राख्न मद्दत पुर्‍याउने भएकाले शनिबार जिल्लामा १६ किलोमिटर लामो साइकल यात्राको आयोजना गरिएको हो। 

'साइकल चलाऔं, आफ्नो मुटु स्वस्थ राखौं' भन्ने नाराका साथ बिङगस् फ्रेण्डस् क्लब, प्याडल अफ पावर र साइकल राइर्डस अफ कपिलवस्तुले उक्त साइकल यात्राको आयोजना गरेका थिए। साइक्लिङ स्वस्थ मुटुका लागि धेरै लाभदायक रहेको यात्रामा सहभागी प्रजिअ अर्जुनप्रसाद पोख्रेलले बताए। 

साइकिलिङ सबैका लागि उपलब्ध र उपयुक्त हुनुको साथै यसमा व्यायामसँगै कार्य सम्पादन समेत हुने डा. लोकेन्द्र नारायण मण्डलले बताए। यसले मानिसको शक्ति, सन्तुलन र समन्वय बढाउने हुँदा साइकल चलाउन आवश्यक रहेको उनको भनाइ छ।

साइकल र्‍यालीमा कपिलवस्तुका प्रजिअ पोख्रेल, सहायक प्रजिअ रामेश्वर अर्याल, प्रहरी उपरीक्षक मनोज यादव लगायत १३० जनाको सहभागिता रहेको थियो। विश्व मुटु फेडरेसन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेको थियो। तर सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ। 

चिकित्सकहरूका अनुसार धुम्रपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटे-तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.