|

 

काठमाडौं : साहित्यकार डा. कृष्णराज डिसीको 'अल्वर्ट आइन्सटाइन र सापेक्षतावाद' महाकाव्यको लोकार्पण गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले उक्त कृतिको काठमाडौंमा लोकार्पण गरेका हुन्।

राप्ती समाज काठमाडौंको आयोजनामा गरिएको कार्यक्रममा कृतिको टिप्पणी गर्दै प्रा.डा. हेमचन्द्र नेपालले ऐतिहासिकताका आधारमा कृति लेखिएको जानकारी दिए। ऐतिहासिकताका आधारमा कृति रचना गरिएको भए पनि कृति लेख्नु पूर्व युरोपेली मुलुकको भ्रमण गरेको भए कृति अझ राम्रो हुने उनले बताए।

कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले आख्यान बीचबीचमा टुक्रिएको भन्दै जोड्ने क्रम अलिकति नमिलेको बताए। हतार नगरेर लेखेर प्रकाशन गरेको भए अझ सुन्दर काव्य आउने उनले अपेक्षा गरे। उनले भने 'कतैकतै काव्य श्लोक बनेको छ। अलिकति गम्नुस र अलिकति जम्नुस छन्द कवितामा आवश्यक छ। छन्द कवितामा अर्को संस्करण आउँदा अझै गम्नुस। दुई कुरालाई संयोजन गरेर फ्युजन गरिएको छ। संरक्षक तथा र विनाशक तत्वमा जीवनभन्दा मूल्यवान चिज यो दुनियाँमा अरू केही छैन।'

सल्यान थारमारे निवासी लेखक डिसीका यसअघि थुप्रै रचना प्रकाशित छन्। उनले मानविकी र सामाजिक शास्त्रमा संकायबाट 'राष्ट्रकवि माधवप्रसाद घिमिरेका फुटकर कविताहरुको समीक्षात्मक अध्ययन' शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.