|

बारा: अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको अवस्थाबारे नेपाल र भारतका मन्त्रीहरूले अमलेखगन्जस्थित डिपोको ‘स्टेशन वर्क’ स्थलगत निरीक्षण गरेका छन्। 

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तथा भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र भारतीय आयल कर्पोरेशनका उच्च पदाधिकारीले निरीक्षण गरेको पेट्रोलियम पाइपलाइन निर्माण कार्यालय सिमराका इन्जिनियर शरदकुमार पौडेलले बताए। 

दुवै देशका मन्त्रीहरूले अमलेखगन्जस्थित डिपोको स्टेशन वर्कको निरीक्षण, पाइपलाइन निर्माणको अवस्था तथा प्रगतिबारे जानकारी लिएका थिए। नेपालतर्फ हालसम्म ५० प्रतिशत पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.