|

काठमाडौं : काव्य मुशायराको १३ ओँ शृंखलामा यस पटक कवि प्रकाश गुरागाईँ र गजलकार नविन चिराग सुनिएका छन्।

कुञ्ज नाटक घरमा भएको कार्यक्रममा उनीहरूले आ-आफ्ना कविता र गजल वाचन गरे। साहित्य प्रेमिको भिडले भरिएको हलमा दर्शकहरूले टिकट काटेरै भएपनि गजल र कविताको आनन्द लिएका थिए।।

गुरागाईँले हजुरको बुट, खुट्टामा श्रीपेच, लासमाथि झण्डा, मोनालिसामा अट्टाहास, वालेट र बन्द कोठाभित्रलगायतका कविता वाचन गरेका थिए। त्यस्तै गजलकार चिरागले १३ वटा गजल सुनाएका थिए।

चिरागको गजलमा शृंगारिक तथा सामाजिक विषयलाई आधारमा बनाएर लेखिएका गजलका सेरमा दर्शकको वाहवाही पाएका थिए। उनले आफ्नो कैफियत संयुक्त गजलबाट पनि केहि सुनाएका थिए।

यस्तै साहित्यिक आन्दोलन उन्मुक्त पुस्तासँग आबद्द  कवि गुरागाईँले पनि उन्मुक्त पुस्ता संयुक्त कवितासंग्रह आफरबाट पनि केही कविता सुनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.