सभामुखले भने ‘मेरो सारै चित्त दुख्यो’

|

धनगढी : प्रदेश ७ को राजधानीका विषयलाई लिएर प्रतिपक्षी दल आन्दोलित बनेको छ। राजधानीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले सदर र सडकमा यसको विरोध गरिरहेको हो। कांग्रेसले कैलालीको धनगढीमा लगातार दुई दिनदेखि बन्द गरिएको छ भने लगातार दुई पटकसम्म प्रदेशसभा बैठक अवरुद्ध पारेको छ।

प्रतिपक्षीको नाराबाजीपछि बैठक स्थगित

प्रदेशसभाको आइतबार बसेको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित गरिएको छ। दिउँसो १ बजे आह्वान गरिएको बैठक करिव ४५ मिनेट ढिलो सुरु भएको थियो। बैठक सुरु भएलगत्तै प्रतिपक्षी दल कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेशसभा सदस्यहरूले टेवुल ठेक्दै आफ्नो स्थानबाट उठेका थिए। उनीहरूलाई सभामुख अर्जुनबहादुर थापाले तीन पटकसम्म बस्न आग्रह गरे। तीन पटकसम्म आग्रह गर्दा पनि आफ्नो सिटमा नबसेपछि सभामुख थापाले प्रतिपक्षी दलको तर्फबाट एक जनालाई धारण राख्न दिएका थिए।

प्रतिपक्ष दलको तर्फबाट कांग्रेसका प्रदे सभा सदस्य डिल्लिराज पन्तले धारण राखेका थिए। उनले प्रदेशसभाले विधि र प्रद्धति मिचेको आरोप लगाए। ‘प्रजातान्त्रिक मुलुकहरू जहाँ संसदीय व्यवस्था छ त्यहाँ प्रतिपक्षीलाई गहना मानेको छ तर यहाँ त्यस्तो देखिएन’ सांसद पन्तले भने। उनले प्रतिपक्षी दलहरुको अनुपस्थितीमा प्रदेशको नाम र राजधानी तोकिको भन्दै आपत्ति जनाए।

पन्तले धारण राखेपछि कांग्रेस र राजपाले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। ‘संसदीय मूल्य र मान्यता कायम गर’, ‘विधि र पद्धति कायम गर’, ‘जन–भावनाको कदर गर’ भन्दै उनीहरूले नारावाजी गरेका थिए। प्रतिपक्षीको अवरोध नरोपिकएपछि सभामुख थापाले आगामी मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे।

हाम्रो आन्दोलन जारी छः कांग्रेस

सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगितपछि सञ्चारकर्मीहरूसँग प्रतिकृया दिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले निरन्तर संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन्। प्रदेशसभाले प्रतिपक्षीको अवमूल्यन गरेकाले आफूहरू सदन अवरुद्ध गर्ने स्थीतिमा पुगेको उनले बताए।

‘बहुमत छ भन्दैमा बहुमतको दम्भ गर्ने होइन, सहमतिको आधार खोज्ने हो। अस्ति जे गरियो त्यो अत्यन्तै असंवैधानिक छ। गैरप्रजातान्त्रीक छ। यसले संसदीय प्रणालीलाई बलियो होइन कमजोर बनाउँछ’ सांसद रावलले भने। उनले संसदीय प्रणालीमाथि धब्बा लगाउने चेष्टा भइरहेको समेत आरोप लगाए। ‘निर्णय र प्रकृया नसच्यिसम्म हाम्रो अवरोध कायमै हुन्छ’ उनले भने। प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गरेको राजधानी काग्रेसलाई स्वीकार्य नभएको बताए। ‘नामको सन्दर्भमा केही भन्नु छैन, राजधानीको स्थान हामीलाई मान्य छैन’ उनले स्पष्ट पारे।

मेरो सारै चित्त दुख्योः सभामुख

प्रदेशसभाका सभामुख अर्जुन बहादुर थापाले प्रतिपक्षीले धेरै समय संसद अवरोध नगर्ने विश्वास व्यक्त गरेका छन्। संसद स्थगितपछि सञ्चारकर्मीहरूको प्रश्नमा सभामुख थापाले जिम्मेवार प्रतिपक्षी भएका कारण संसदलाई अनिर्णयको बन्दी बन्न नदिने बताए। ‘प्रतिपक्षी मान्यज्यूहरू संसदीय गतिविधिमा धेरै अव्यस्त हुनु हु्न्छ। मलाई लाग्छ उहाँहरू धेरै लामो समयसम्म संसद अवरुद्ध गर्नुहुन्न’ सभामुख थापाले भने। आगामी बैठक मंगलबार बोलाइएको र त्यसदिन प्रतिपक्षीले विरोध नगर्ने उनले बताए।

सभामुख थापाले प्रदेशसभा भवनकै अगाडि टायर बालिएको प्रसंग उठान गर्दै आफूलाई यस विषयले सारै चित्त दुखेको गुनासो गरे। ‘संसदीय परम्पराअनुसार अगाडि हिड्ने हामीहरू, संसदको अगाडि गेटमा टायर बालियो त्यसले संसदको गरीमामा आँच पुगेको छ।  म त्यसको नेतृत्व गर्ने भएकाले मेरो सारै चित्त दुखेको छ’ सभाखुले गुनासो गर्दै भने ‘गेटभन्दा एक मिटर तल बालेको भए त्यति चित्त दुख्ने थिएन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.