|

काठमाडौं : त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद्को कभर्ड हलमा जारी आदिअवादी महिला भलिबल (एभिएल) प्रतियोगितामा न्यू डायमण्ड र चितवन टाइगर्स एक खेल अगावै सेमिफाइनलमा पुगेका छन्। आइतबार भएको खेलमा नेपाल आर्मी लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि न्यू डायमण्ड र चितवन टाइगर्स सेमिफाइनलमा प्रवेश गरेका हुन्।

आइतबार भएको खेलमा न्यू डायमण्डले विभागीय टिम आर्मीलाई ३-२ को सेटमा पराजित गरेको थियो। आर्मी यसअघि पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो।

पहिलो सेटमा २५-१५ ले विजयी भएको न्यू डायमण्डले दोस्रो र तेस्रो सेटमा भने आर्मीलाई २५-२२ र २५-१८ ले नतिजा प्रस्तुत गरेको थियो भने चौथो र पाँचौँ सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-२२ र १५-११ को सेटमा न्यू डायमण्डले आर्मीमाथि रोमांचक जीत हात पार्‍यो।

यो समूहको अन्तिम खेलमा चितवन टाइगर्स र न्यू डायमण्ड समूह विजेता र उपविजेताका लागि भिड्नेछन्। न्यू डायमण्ड, चितवन टाइगर्स र आर्मी समूह ‘ए’ रहेका छन्। त्यस्तै, समूह 'बी'मा एपिएफ, पुलिस र पोखरा पिंकेज रहेका छन्।

प्रतियोगिताको विजेताले ट्रफीसहित छ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ। उपविजेताले तीन लाख र तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटरसहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.