|

देशमा बहुमतको सरकार छ। सरकारमा संघीय समाजवादी फोरम नेपाल पनि सहभागी छ। सरकारमा आइसकपछि पार्टीले उठाएका मुद्दाहरू कहाँ पुगे र  देशका पछिल्लो राजनीतिक घटनाक्रमलाई यस पार्टीले कसरी हेरिरहेको छ भन्ने विषयमा केन्द्रित रहेर संसफो नेपालका केन्द्रीय समिति सदस्य रामप्रसाद रिजालसँग गरिएको कुराकानी प्रस्तुत छ।

तपाईंहरूले उठाएका मधेस केन्द्रित मुद्दा देशका मुद्दा हुन् कि मधेसका मात्र हुन्?

हामीले पटक पटक उठाएका मुद्दाहरू विशेष गरेर  गरिब, दलित, जनजातिलगायत समग्र भूमिहीन श्रमजीवी जनताको पहिचान र तिनको सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि हो। त्यसरी हेर्दा हाम्रो मुद्दा मधेसको मात्र नभएर समग्र देशको मुद्दा हो। यसैले हामी राष्ट्रिय पार्टी हौँ। ७७ वटै जिल्लामा हाम्रो पार्टी विस्तार भएको छ।

स्थानीय, प्रदेश र राष्ट्रियसभा चुनावमा तत्कालीन नेकपा एमालेसँग पानी बाराबारको अवस्था थियो। अहिले यसैको नेतृत्वको सरकारमा हुनुहुन्छ। नेकपाले के लोभ देखायो?

प्रश्न जायज छ तर आन्दोलन बांगो र अप्ठ्यारो बाटो हो। अब हामीले सिधा र सजिलो बाटो हिँड्ने कोसिस गरेका हौँ। कुरा लोभको होइन, कुरा मुद्दा र समयको हो। पहिले बहुमतका सरकार थिए। सरकारलाई हाम्रा माग सम्बोधन गर भनेर दबाब दिँदा त्यसबेला सरकारले प्रतिपक्षले गर्न दिएन भन्ने बहाना निकाल्ने गर्थ्यो। अब बहुमतको सरकार छ। यो सरकारबाट संविधान संशोधनलगायतका काम गर्छ भन्ने हामीलाई लागेर नै हामी सरकारमा आएका हौँ।  

टीकापुर आन्दोलनमा एसपीसहित अन्य व्यक्तिहरूको निधन आफैँमा दुखद हो। रेशम चौधरीको रिहाइ विषयमा  राजनीतिक विषय भएकाले राजनीतिक छलफलबाट नै यसको हल गर्नुपर्छ।

एउटै पृष्ठभूमिबाट आएको तपाईंको दल र राजपा एउटा सरकारबाहिर छ, एउटा सरकारमा छ। तारताम्य मिलेन नि?

पहिलो कुरा राजपा सरकारमा गए पार्टी फुट्छ। राजपाका आन्तरिक झमेलाहरू प्रशस्त छन्। पहिले आन्तरिक समस्याहरू समाधान गर्नुपर्छ। राजपाको मुद्दा अहिलेको अवस्थामा रेशम चौधरीको रिहाइको हो। यदि रेशम चौधरीलाई रिहाइ गर्ने भए राजपा सरकारमा जान्छ। रेशम चौधरीको रिहाई नै उसको अस्त्र भए पनि स्वयं राजपा सरकारमा आफ्नै आन्तरिक किचलोले जान सक्ने अवस्था छैन।

रेशम चौधरीको विषयलाई तपाईंको पार्टीले कसरी हेरिरहेको छ?

टीकापुर आन्दोलनमा एसपीसहित अन्य व्यक्तिहरूको निधन आफैँमा दुखद हो। रेशम चौधरीको रिहाइ विषयमा  राजनीतिक विषय भएकाले राजनीतिक छलफलबाट नै यसको हल गर्नुपर्छ।

तपाईंको पार्टीले पनि सरकारमा ल्याउन कुनै पहल गरेको देखिँदैन। मन्त्री पद कम हुने डर हो?

हामीले सक्दो प्रयास गरेकै छौँ। शान्ति स्थायित्व आजको आवश्यकता हो। तर मैले अघि नै भनिसकेँ, राजपा आफ्नै कारणले सरकारमा आउन नसकेको अवस्था हो। मन्त्री पद कम हुने कुरामा डर हामीलाई भन्दा पनि सरकारलाई होला कि!

तपाईंहरूले भनेजसरी संविधान संशोधन होला?

हुनुपर्छ। बहुमतको सरकारले यो संविधान संशोधन गरेन भने हाम्रा मुद्दाहरू तुहिनेछन्। हामी आन्दोलनमा जानुको विकल्प हुँदैन। त्यसपछि देशमा ठूलो दुर्घटना हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.