|

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकामा भएको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। सोमबार बिहान साँगुरीगढी गाँउपालिका-१० तम्राङबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को१ज १८२१ नम्बरको जिप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा साँगुरीगढी गाँउपालिका-१० की ३१ वर्षीया सनमाया राई र पाँचथर जिल्ला घर भई साँगुरीगढी गाँउपालिका-१० मा छोरी ज्वाइँसँग बस्दै आएकी ६१ वर्षीया माया सुनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।

दुर्घटनामा परी अन्य १४ यात्रु घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको एसपी गुरुङले जानकारी दिए। जिप बिहान करिब सवा १० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.