|

काठमाडौं : हत्या, बलात्कार जस्ता गम्भीर प्रकृतिका र जघन्य अपराधका अपराधी तथा ठूलाठूला दुर्घटनामा शव पहिचान गर्नका लागि डिएनए परीक्षण हुने गरेको छ। 

डिअक्सिरिबोन्यूक्लिक एसिड अर्थात् डिएनए परीक्षणमा अंग बन्न आवश्यक सबै सूचना हुन्छन्। हरेक जीवित प्राणीका कोषमा डिएनए हुन्छ। डिएनएमा वंशाणुगत गुणहरू रहेका हुन्छन्। हरेक प्राणीका सन्तानमा यो सर्दै जान्छ।

संसारमा हरेक व्यक्तिको डिएनए फरक फरक हुन्छ। यौन सम्पर्कको बेलामा महिलाको पाठेघरको मुख अर्थात् योनीको मुख वा भेजनामा रहेको तरल पदार्थ (भेजिनल स्वाब)को डिनए भने एकै खालको हुन्छ। अर्थात् महिलाको भेजिनामा रहेको भेजिनल स्वाब बलात्कार वा यौन सम्पर्कमा सहभागी पुरुषको डिएनएसँग मेल खाने खाने हुँदा बलात्कार गरेर मृत्यु भएका वा त्यस्ता घटनामा संग्लनलाई पत्ता लगाउन डिएनए परीक्षण दोषी पत्ता लगाउने एउटा महत्त्वपूर्ण वैज्ञानिक आधार मानिँदै आएको छ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका फोरेन्सिक विशेषज्ञ डा. गोपालकुमार चौधरीका अनुसार बलात्कार गर्ने व्यक्तिको स्पर्म महिलाको भेजिनामा भेटिएर डिएनए एउटै हुने गर्छ। त्यसैले बलात्कारको केसमा अपराधी पत्ता लगाउन डिएनए परीक्षण गर्ने गरिने गरिन्छ।

चौधरीले भने, ‘यौन सम्पर्क गर्ने व्यक्तिको स्पर्म महिलाको पाठेघरको मुख अर्थात् योनीको वरिपरि हुने हुँदा यसलाई राम्रोसँग निकालेर डिएनए परीक्षण गर्न सकियो भने सत्य कुरा बाहिर आउने सम्भावना धेरै हुन्छ।' उनका अनुसार यदि बलात्कारपछि कुनै महिलाको मृत्यु भएमा २४ घण्टा ढिलो पोस्टमार्टम गर्दा भने भेजिनामा रहेको तरल पदार्थ अर्थात् भेजिनल स्वाब नष्ट हुने सम्भावना भने धेरै हुन्छ।

यस्तो बेलामा रहँदैन महिलाको योनीमा भेजिनल स्वाब

बलात्कारजन्य अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन महिलाको योनीमा रहेको भेजिनल स्वाबको डिएनए परीक्षण गर्न झिक्ने गरिन्छ। तर कुनै पनि महिला बलात्कारमा परेको बेला उसको पाठेघरको मुखमा वा भेजिनामा भेजिनल स्वाब पानीले नपखालेरै राखिएको अवस्थामा झिकियो भने डिएनए परीक्षणबाट पुष्टी  हुनसक्ने डा. चौधरी बताउँछन्। 

कुनै महिलाको बलात्कारपछि मृत्यु भएको र यस्तो बेला डिएनएको परीक्षण गर्नुपरे २४ घण्टाभित्रै पोस्टमार्टम नगर्दै भेजिनल स्वाब झिकेर राखियो र डिनए परीक्षण गरियो भने परीक्षण भरपर्दो हुने डा. चौधरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.