|

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालका क्षेत्रबाट प्रहरीले तीनलाख मूल्य बराबरको अवैध आयुर्वेदिक औषधि बरामद गरेको छ। भारतबाट अवैध रूपमा भित्र्याइरहेको अवस्थमा आयुर्वेदिक औषधि बरामद गरेको हो।

अस्थायी प्रहरी पोष्ट पुल नजिकबाट औषधि बरामद गरिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए। औषधिको अवैध रूपमा ओसारपसार गर्दै आएका व्यक्तिहरूबाट पटक-पटक गरी विभिन्न प्रकारका २३० बट्टा औषधि बरामद गरिएको बताए। अवैध रूपमा औषधि बरामद भएपछि प्रहरीले सीमा क्षेत्रका चेकजाँचमा कडाई गरेको छ। बरामद औषधिलाई भन्सार कार्यालय गड्डाचौकीकमा बुझाइने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.