|

लहान : सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ। सप्तरीको महादेवा गाउँपालिका १ पकरीका हरि सदाकी छोरी १५ वर्षीया पुनिता सदाको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।

त्यस्तै, कंचनरूप नगरपालिका १ बैरवाका मनोज पंजियारको घरमा आएका भारतीय बालकको खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ। भारत सुपोल जिल्ला कुनौली ग्राम पंचायत १८ बथनाहाका अशोक मण्डलका छोरा दुई वर्षीय अर्जुन मण्डलको खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएका प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.