|

पोखरा : गोरखा नगरपालिका १ ताप्लेको जनज्योति आधारभूत विद्यालयबाट दुई वालवालिका हराएका छन्। सोमबार दिउँसो १ः३० बजे विद्यालयकै प्रांगणमा खेलिरहेका आठवर्षका शिशिर पनेरु र छ वर्षकी शिरिष्मा पनेरु हराएको विद्यालयका प्रधानाध्यापक भीमराज श्रेष्ठले जानकारी दिए। 

‘खाजा खाने बेला थियो। हामी सबै अफिसमै खाजा खाइरहेका थियौं,’ उनले भने, ‘विद्यार्थी ग्राउण्डमा खेलिरहेका थिए। एक्कासी शिशिर र शिरिष्मालाई लग्यो भन्दै विद्यार्थीहरू आए। हामी बाहिर जाँदा कोही थिएन।’ उनीहरूलाई मुखमा माक्स बाँधेर आएकी एक महिलाले लगेको विद्यार्थीलाई उदृत गर्दै प्रअ श्रेष्ठले बताए। 

उनीहरू हराएपछि विद्यालयले प्रहरीलाई खबर गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले उनीहरूको खोजी कार्य भइरहेको बताए। विद्यालय र गाउँलेले भने उनीहरूकै आमाले लगेको शंका गरेका छन्। ‘जहाँसम्म लाग्छ उनीहरूलाई आमाले नै लगेको हो’ प्रअ श्रेष्ठले भने। 

आमा शुष्मा पाँच महिना अघिदेखि घर छोडेर हिँडेकी थिइन्। बाबु गौरब भने रोजगारीको शिलशिलामा विदेशमा छन्। उनीहरूलाई हजुर बुबाले रेख-देख गर्दै आइरहेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.