|

चितवन : पूर्वी चितवनको टाँडी चोकमा ट्रकले ठक्कर दिँदा गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ। 

भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३१२२ नम्बरको ट्रकले ठक्कर दिँदा विपरीत दिशातर्फ जाँदै गरेको ना३२प ५०६१ नं को मोटरसाइकलका चालक खैरहनी नगरपालिका–१ का ३५ वर्षीय सुरज चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.