|

कञ्चनपुर : बैतडीको गोरागाँउबाट तीन दशक अघि कञ्चनपुर झर्दा ५७ वर्षीय धनवीरे सार्कीले धेरै सपना बुनेका थिए, 'काम पाइन्छ। जीवन निकै सहज हुन्छ।' बास जोड्न सकिने सपना सजाउँदै उनी परिवारसहित तराई झरे। 

तीन पुस्तादेखि सुकुम्बासी रहेका पहाडमा हलिया बसेर परिवार पाल्न नसकेपछि उनी २०४३ सालमा कञ्चनपुर झरेका हुन्। 

शुक्लाफाँटा नगरपालिका– १२ को सामुदायिक वन छेउ बाँसको झुपडीमा बस्दै आएका सार्कीले पुर्खौँदेखि सिकेको सीपको प्रयोग गरी डोको, डालो बुनेर र कृषि मजदुरका रूपमा जीविका चलाउँदै अाए।

तीन वर्ष अघि दायाँ खुट्टाको बूढी औँलामा लागेको सामान्य चोटलाई हेलचेक्र्याइँ गर्दा उनको खुट्टा नै काटनु पर्‍यो।’ घरमै झारफुक र जडिबुटीको भरमा पर्दा उनको खुट्टामा क्यान्सर भयाे। घुँडामुनिको भाग चिकित्सकले दुई पटक काटिसकेका छन्। उपचारका लागि त्यस बेला आफन्त र स्थानिय बासिन्दाले दिएको पैसाले उनले उपचार गराएका हुन्। 

'पहाडामा छँदा हलिया र अधियामा खेत कमाएर परिवार चल्दै थियो।तराई झर्दा झन् विजोग भयो', उनले दुखेसो पोखे, ‘मेरो नाममा कहिँ कतै पनि जग्गा छैन। तीन पुस्ता देखि सुकुम्बासी जीवन बिताउँदै आएको छु। अाफ्नो  खुट्टा काट्नुपर्ने भएपछि परिवारको बिचल्ली भएको उनले बताए।

'क्यान्सर बल्झिँदै गएकाले चिकित्सकले घुँडामुनिको भाग पुन: काट्न भनेका छन्। रकम अभावले उपचार गराउन पाएको छैन', उनले भने, 'खुट्टामा खपिनसक्नु पीडा छ। उपचार गराउन जनप्रतिनिधि र नगरपालिकामा पटकपटक धाएको छु।' सहयोग गर्ने अाश्वासन पाए पनि रकम नपाएको गुनासो उनले गरे।

सार्कीको श्रीमती,  दुई छोरी र एक छोरा गरी पाँच जनाको परिवार छ। छोरा छोरीको उमेर पाँचदेखि १३ वर्ष उमेरसम्मको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.