|

काठमाडौं : दार्चुला जिल्लाको उत्तरमा पर्ने अपी हिमाल टाढैबाट सुन्दर देखिन्छ। यहाँको वरपरका ठाउँ पनि रमणीय छन्। बाह्रै महिना सेताम्मे हिमाल देखिन्छन्। 

यो क्षेत्रलाई हाल अपीनम्पा संरक्षण क्षेत्र घोषणा गरिएको छ। यसलाई पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रूपमा लिइएको छ। यो क्षेत्रमा बहुमूल्य जडिबुटीहरू पाइन्छन्। यार्सा यो क्षेत्रमा पाइने मूख्य जडिबुटी हो। जेठ पहिलो सातादेखि असार अन्तिम सातासम्म यार्सा टिप्न स्थानीयको भीड लाग्ने गर्दछ। 

यो क्षेत्रमा कृषकहरू भेडाबाख्रा पालन गर्छन्। राम्रो चरन भएकाले यो क्षेत्रमा चौरी, घोडा पालन गरिन्छ। यो क्षेत्रमा रमणीय ताल र खोलानाला तथा झरना रहेका छन्। 

अपीहिमाल गाउँपालिकाको लिथी र खण्डेश्वरी गाउँबाट यी सुन्दर दृश्य लिइएको हो। यी क्षेत्र समुद्र सहतबाट करिब ६ हजार मिटर उचाईमा पर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.