विकास गरेको हेर्न सकेनन् : अध्यक्ष विष्ट

|

कालिकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा आर्थिक अनियमिता भएको भन्दै नेपाली कांग्रेसले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ। गाउँपालिकामा संचालित  योजनामा अनियमिता गरेको आरोपमा मंगलबार गाउँपालिका सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो।

गाउँपालिका अध्यक्षले  आफू निकटका उपभोक्ता समिति बनाएर  ठुलो रकम अनियमिता गरेको आरोप नेपाली कांग्रेस कालिकोट जिल्ला समितिका सह–सचिव नगेन्द्र विष्टले लगाए। ‘एकलौटी रुपमा आफु निकटलाई उपभोक्ता समिति बनाएर अनियमिता भएको छ।’ उनले भने,‘आर्थिक अनियमिताको बिषयमा चासो राख्दा गाउँपालिका कुनै प्रतिक्रिया नदिएका कारणले तालाबन्दी गरेका हौँ।’

लालिघाटदेखि गाउँपालिका जाने सडक र खुलालु–माल्कोट हुदैँ कुमालगाउँ जाने सडक निर्माणमा ६ करोड रुपैयाँ अनियमिता भएको दाबी गर्दै उनीहरूले रकम फिर्ता गर्न माग गरेका थिए। नरहरिनाथ गाउँपालिकाका निर्माण ब्यवसायी संघका अध्यक्ष ध्रुबबिक्रम शाहीले पनि अनियमितता भएको रकमको विषयमा प्रष्ट नपारेको कारण तालावन्दी भएको बताए। 

गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले भने विकास गरेको सहन नसकेको आरोप लगाएका छन्। गाउँपालिकाले तिब्र रुपमा विकास निर्माणका काम गरेकाले कांग्रेसले रिसका कारणले सम्पर्क कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताएका छन्। 

आफूहरुले अनियमिता नगरेको र उपभोक्ता समितिलाई प्राबिधिक इस्टमेटका आधारमा बिल भुक्तानी गरेको आधारहिन आरोप लगाएकै कारणले गाउँपालिकाको कार्यालयमा तालाबन्दी नगरेर सम्पर्क कार्यालयमा तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष विष्टले बताए। ‘हामीले उपभोक्ता समितिलाई प्राबिधिक इस्टमेटकै आधारमा वि भुक्तानी गरेका छौँ।’ उनले भने,‘आधारहिन आरोप लगाएर खाली प्रचारमा आउनका लागि तालाबन्दी गरेका हुन्।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.