कञ्चनपुर : माटोको ढिस्कोमा पुरिएर मंगलवार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षीया जानकी विष्टको मृत्यु भएको छ।
चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बालिकाको माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
माटोको ढिस्कोमा पुरिएकी बालिकालाई तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।