|

काठमाडौं : योगेश घिमिरेको निर्देशनमा बन्न लागेको फिल्म 'राधा २'का लागि प्रियंका कार्की र आयुष्मान देशराज जोशी फाइनल भइसकेका छन्। फिल्मको लागि एक नयाँ कलाकार चाहिएको निर्देशक घिमिरेले बताउँदै आएका थिए।

अब भने फिल्मका लागि नयाँ कलाकार पनि तय भइसकेको छ। यस फिल्मबाट विशाल खरेलले डेब्यु गर्दैछन्। विशाल राम्रो डान्सर र प्रतिभावान व्यक्तित्व भएका कारण फिल्ममा लिइएको निर्देशक घिमिरेले बताए। उनले भने, 'नयाँ कलाकारलाई ठाउँ दिनुपर्छ भन्ने भएर पनि विशाललाई फिल्ममा लिएको हुँ।' अमेरिकामा बस्दै आएका विशाल अहिले फिल्मकै लागि नेपाल आएका छन्।

दुई वर्ष अघिको सफल फिल्म 'राधा'को नाम जोडिए पनि यस फिल्मको कथावस्तु फरक रहेको निर्देशक घिमिरेले बताए। 'राधा'मा मुख्य भूमिकामा प्रस्तुत भएका जीवन लुइँटेल र संचिता लुइँटेल यस फिल्ममा रहनेछैनन्।

कात्तिक ८ गतेबाट छायांकनमा जाने फिल्मको हाल वर्कसप चलिरहेको छ। संजय न्यौपानेको लगानी रहने फिल्मको पटकथा प्रदीप भारद्वाजले तयार परेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.