|

चितवन : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताएका छन्।

बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै यनले उनले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भए पनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण भएको बताएका हुन्।

पन्तको हत्या भएको भोलिपल्ट नै उच्चस्तरीय अनुसन्धान टोली कञ्चनपुर पठाइएको भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानूनको कठघरामा ल्याउन गृहमन्त्रालय गम्भीर भएर अघि बढिरहेको जानकारी दिए।

छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षको आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने र अनुसन्धानलाई जारी राख्ने मन्त्री थापाले बताए। यसअघि निर्मला पन्तजस्ता धेरै नारी बलात्कृत हुँदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनको भनाइ थियो।

त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको सुनकाण्डबारे पनि मन्त्री थापाले आफ्नो धारणा राखेका थिए। उनले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको बताए। उनले भने, “३३ किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेकोछ । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ।”

साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उgले जबसम्म तिनीहरू कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताए।

गृहमन्त्री थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताए।

देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उनले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताए। घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उनले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिए। उनले भने, “घरेलु हिंसा अन्त्यका लागि आन्दोलनका रुपमा अभियान सञ्चालन गर्छौ।”

गृहमन्त्रीले सरकार गठन भएपछि समृद्ध नेपाल र सुखी नेपाली अभियानअन्तर्गत महत्वपूर्ण काम भएको दाबी गरेका थिए।

सरकार गठन अघि भएका चन्दा आतङ्क र विष्फोटका घटनामा कमी आएको भन्दै उनले एकाधिकार, भ्रष्टाचारजस्ता गतिविधि न्यून भएको बताए। उनले भने “गुण्डा प्रायजसो भूमिगत अवस्थामा छन्, तस्करी निस्तेज गरेर परिणाम राजश्वमा गुणात्मकरुपमा वृद्धि भएको छ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.