|
Representative Photo

  • म्याथ्यू स्कट

एसियाकै सर्वाधिक ठूलो चलचित्र महोत्सवका आयोजकहरूले यसपटक उत्तर र दक्षिण कोरियाको राजनीतिक विषयलाई मात्र नउठाउन आग्रह गरेका छन्। विगतका महोत्सवमा राजनीतिक विषय, खासगरी अन्तर–कोरियाले प्रमुखता पाउँदै आएको थियो।

बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दक्षिण कोरियाली डुङ्गा दुर्घटनाको विषय समेटेर बनाइएको सिओल नामको चलचित्रले प्रमुखता पाएको थियो। दक्षिण कोरियाको यो डुङ्गा दुर्घटना सर्वाधिक हृदयविदारक मानिन्छ। यसले दक्षिण कोरियालीलाई गहिरो चोट पुर्‍याउनुका साथै मुलुकको आमजनमत नै दुई भागमा विभक्त भएको थियो।

“यस पटकको महोत्सवको मुख्य विषयवस्तु नै एकीकरण हो,” आयोजक समितिका अध्यक्ष ली योङ–क्वानले बताए। “यो वर्ष सम्बन्ध विकासको वर्ष हो । यो सम्बन्ध विस्तार र सुधारको वर्ष पनि हो।”

यो महोत्सव बिहीबारदेखि शुरु हुँदैछ। महोत्सवमा दक्षिण कोरियाका निर्देशक जेरो युनले निर्माण गरेको चलचित्र “सुन्दर दिनहरू (ब्यूटीफूल डेज)” को प्रदर्शन आरम्भ गरिनेछ। यो चलचित्रमा दक्षिण कोरियामा राम्रो जीवनको आशामा उत्तर कोरियाबाट भागेकी एक आमाले उत्तरमा रहेका परिवारसँग भेटेको मार्मिक कथा समेटिएको छ।

सन् २०१४ को सिओल डुङ्गा दुर्घटनाका बारेमा बनाइएको विवादास्पद वृत्तचित्रले महोत्सवमा चर्को बहस निम्त्याएको थियो। तर जेरोको यसपटकको चलचित्रले भने सबैको मन जित्ने अपेक्षा आयोजकको छ।

“सिओलसँग सत्य लुक्न सक्दैन” नामको यो वृत्तचित्रले सन् २०१४ अप्रिलमा भएको डुङ्गा दुर्घटनाको सम्बन्धमा तत्कालीन सरकारमाथि आक्रोश पोखिएको छ। यो डुङ्गा दुर्घटनामा तीनसय भन्दा बढी मानिस मारिएका थिए, र तीमध्ये अधिकांश बालबालिका थिए।

तत्कालीन सरकारले आयोजकमाथि अनुसन्धान र अभियोग समेत लगाएको थियो, रकम कटौती गरेको थियो एवं महोत्सव आयोजक र सरकारबीच सार्वजनिक रुपमै आरोप–प्रत्यारोप चलेको थियो।

ली र महोत्सवका उपनिर्देशक जे जिओनलाई शुरुमा पदबाट हटाइएको थियो तर यस वर्षको महोत्सवमा पुनः जिम्मेवारी दिइएको छ। राष्ट्रपति मून जाए–इनको वर्तमान सरकारले महोत्सवलाई सहयोग गर्ने वचनबद्धता व्यक्त गरिसकेको छ।

“हाम्रो आशा छ, यस वर्षको महोत्सवले निर्माताहरुलाई एक ठाउँमा ल्याउने छ र महोत्सव पुनः सही मार्गमा आउने छ,” महोत्सवका नाम दोङ–चुलले बताए।

महोत्सवको यो २३औं संस्करण आगामी अक्टोबर ४ देखि १३ सम्म चल्नेछ र ७९ देशका तीनसय २३ वटा चलचित्र प्रदर्शन गरिनेछ। महोत्सवमा एक सय १५ वटा चलचित्रको “वल्र्ड प्रिमियर” हुनेछ।

कोरियाली चलचित्र उद्योगका कलाकारहरुको पनि महोत्सवमा ठूलै जमघट हुनेछ। चलचित्रका नायकहरु ली ना–योङ, पार्क हाइ–इल, मून सो–री समेतका प्रसिद्ध कलाकारको यहाँ सहभागिता हुनेछ।

साथै, हलिउडका निर्माता जेसन ब्लूम, सुप्रसिद्ध चिनीया कलाकार झाओ ताओ तथा भारतीय चलचित्र निर्माता राजकुमार हिरानी पनि महोत्सवमा सहभागी हुने आयोजकले जनाएका छन्।

ओस्कार पुरस्कार विजयी जापानी कम्पोजर रिउची साकामोतो पनि एसियन फिल्ममेकर अवार्ड ग्रहण गर्न महोत्सवमा आउनु हुनेछ। उनले महोत्सवको उद्घाटन कार्यक्रममा कला प्रस्तुत गर्नेछन्।

महोत्सवमा धेरैवटा पुरस्कार जितिसकेको हङकङका चलचित्र निर्माता स्टान्ले क्वान पनि आफ्नो पछिल्लो चलचित्र “फस्र्ट नाइट नभ्र्स” सहित उपस्थित हुनेछन्।

स्थानीय चलचित्रहरू पनि यहाँ प्रदर्शन गरिनेछन्। कोरियाली सिनेमा शीर्षकमा १६ वटा चलचित्रको “वल्र्ड प्रिमियर” प्रदर्शन गरिने छ। कुनै समय के–पपमा आबद्ध रहिसकेकी चोइ सू–योङ पनि आफ्नो प्रमुख भूमिकामा बनेको चलचित्र “मेमोरीज अफ अ डेड इन्ड” का साथ महोत्सवमा सहभागी हुनेछन्।

महोत्सवको मुख्य प्रतिस्पर्धा सातवटा मुलुकका १० वटा चलचित्रबीच हुँदैछ। यसपटक महोत्सवमा भूटानी कलाकार टासी ग्येल्त्सेनको “द रेड फाल्लुस” नाटक मञ्चन हुँदैछ।

हङकङका चलचित्र निर्माता युएन ऊ–पिङ पनि एक्सन चलचित्र “मास्टर जेडः दि आइपी म्यान लिगेसी” को निर्देशकको रुपमा आएका छन्।

“महोत्सवको महत्वपूर्ण पाटो भनेकै यसमा विविधतापूर्ण संस्कृति र चलचित्र निर्माताहरूको बाक्लो उपस्थिति हो,” युएनले बताए।

महोत्सवमा पहिलो मलेसियाली चलचित्र निर्देशक जाहिर ओमार पनि आफ्नो प्रतिभा देखाउन यहाँ आउनेछन्। बुसान चलचित्र महोत्सवले हाम्रो कलालाई विश्व समुदायसम्म लैजान मद्दत गर्ने विश्वास लिएको छु, ओमारले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.