|

  • दिपक शर्मा

सल्यान : सल्यान जिल्लाका किसान व्यवसायिक घाँस खेतीतर्फ आर्कषित हुन थालेका छन्। धान मकै, गहुँ , मसुरो खेती गर्ने किसानहरु अहिले व्यवासायिक घाँस खेती तर्फ आर्कषित भएका हुन्।  

घाँसको बीउ उत्पादनबाट छोटो समयमा राम्रो आम्दानी हुने भएपछि आफूहरु व्यवासायिकरुपमै घाँस खेतीमा लागेको शारदा नगरपालिका वडा १४ कृषक घनश्याम भण्डारीले बताए। घाँसको बीउ उत्पादनबाट मनग्य आम्दानी हुन थालेपछि सिंगो गाउँनै परम्परागत कृषि छाडी घासँ उत्पादनतर्फ आर्कषित भएको उनको भनाई छ।

 उनले भने "गाउँघरमा एकजनाको घरमा कम्तिामा पनि ३/४ वटा बस्तु भाउ छन् तीनलाई घाँस पनि हुने उता विउ उत्पादनबाट आम्दानी पनि धेरै हुने भएकाले व्यवसायिक रुपमै घाँस बीउ उत्पादनमा लागेका हौँ" भणडारीले भने।

शारदा घाँस विकास समिति गठन गरी बरलाका किसानहरुले आफ्नो आम्दानीको मख्य स्रोत घाँस उत्पादन बनाएका छन्। घाँस बिक्रीबाट गतवर्ष मात्रै १३ लाख आम्दानी भएको कृषक तथा शारदा घाँस विकास समितिका अध्यक्ष भण्डारीले बताए। उनले भने हामीसँग अहिले नेपियर, मुलाथो, पासपालम, बदामे लगायतका आधा दर्जन बढि घासँका जातको बीउ रहेको छ। आफ्नो व्यक्तिगत २२ रोपनी जमिनमा घाँस रोपेको र उक्त घासँबाट ८ लाख आम्दानी भएको भण्डारीको भनाई रहेको छ।

विगत ४ वर्षदेखि व्यवसायिक घाँस उत्पादन गर्दै आएको समितिले बिक्रीकालागि कुनै समस्या नरहेको अर्का किसान लुब्द्ध कृष्ण भट्टराईले बताए। "गर्त वर्ष ३० क्विन्टल जिल्लाबाहिर घाँसको बीउ निकासी गरेका थियौँ यो वर्ष पनि त्यो भन्दा बढि बाहिर निकासी गर्ने सोचमा छौँ" भट्टराईले भने।

झन्डै १२० रोपनी क्षेत्रफलमा घाँस बीउ उत्पादन गर्दै आएका किसानहरुले सरदर ४० रुपैया किलोसम्म विक्रि गर्दै आई रहेका छन् किसानहरुले उत्पादन गरेको घाँसको विउ रुकुम, जाजरकोटछ, दाङ, नेपालगञ्ज र झापासम्म जाने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.