अर्थ

गोरखाका पौरखी कृषक मौरी पालेर पाँच लाख कमाउँछन्
SHARES

असोज १७, २०७५

    गोरखा :  गोरखाका एक कृषकले मौरीपालनबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आएकाहुन्।  

    स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ। देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्दै आएका छन्।  उत्पादन भएको मह अहिले मानाको ८०० रुपैयाँका दरले बिक्री हुने गरेको देवकोटाको भनाइ छ। 

    मौसमअनुसार मौरीले मह उत्पादन गर्ने बताउँदै देवकोटाले मंसिर चैत लगायतको समयमा एक घार मौरीले चार पाथीसम्म मह उत्पादन गर्ने गरेको बताउछन्।  देवकोटाका अनुसार मंसिर र चैत महिनामा सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ। 

    'पहिलोको तुलनामा अहिले महभन्दा मौरीसहितको घार बिक्रीबाट बढी आम्दानी हुने गरेको छ,’’ देवकोटाले भने।  आजभोलि एक घारको  १० हजारसम्ममा बिक्री हुने गरेको छ। गएको वर्ष मात्र करीब ४५ घार मौरी बिक्री गरेको उनले बताए जानकारी दिए।

    पहिला मह मात्र उत्पादन गर्ने उद्देश्यले मौरीपालन केन्द्र खोलेको भए पनि महको बजारसँगै मौरीसहितको घारको बजार पनि बढ्न थालेपछि घार बिक्री गर्न थालेको कृषक देवकोटा बताए। 

    मौरीपालन व्यवसायका लागि फूल फुल्ने जातका तरकारी बाली तथा फलफूल खेती पनि आवश्यक पर्ने भएकाले समय अनुसारका विभिन्न खेतीबालीसमेत गर्दै आएको कृषक देवकोटाको भनाइ छ। 'मौरीपालनका लागि चरन क्षेत्र आवश्यक पर्ने भएकाले मौसमअनुसार घर वरिपरि तोरी खेती पनि गर्दै आएको छु,’’ देवकोटाले भने 'चिलाउने, टाँकी, कटुसलगायतका बोटबिरुवाका फूल मौरीले मन पराउने हुँदा त्यस्ता खालका बोटबिरुवा समेत हुर्काउँदै गरेको छु। 

    बढी फूल फूल्ने मौसममा राम्रो ध्यान दिन सके एक घार मौरीबाट तीनदेखि छ घारसम्म बनाउन सकिने उनले बताए।उनले  मौरीलाई खानेकुराको अभाव भएमा वा घारमा केही वस्तुले दुःख दिएमा एक घारको मौरीले अर्को घारको मौरीलाई दुःख दिने भएकाले विशेष ध्यान दिनुपर्ने बताए।  मौरीपालनका लागि जिल्ला कृषि विकास कार्यालय गोरखाबाट  दुई लाख रुपैयाँ अनुदान प्राप्त भएको देवकोटाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]