|

डडेल्धुरा : ‘समृद्ध डडेल्धुरा’का लागि जिल्ला सातवटै स्थानीय तहका प्रमुख उपप्रमुखहरुले समन्वय बैठक सम्पन्न गरेका छन्। स्थानीय तह समद्ध हुँदा जिल्ला आफैँ समृद्ध बन्ने ध्येयले सातवटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरू एकै ठाँउमा भेला भई समन्वय बैठक गरेका हुन्। पहिलो समन्वय बैठक जिल्ला समन्वय समितिको सभाहलमा सोमबार सम्पन्न गर्दै सामूहिक मुद्दामा केन्द्रित रही समस्याको पहिचान गरी समाधानका पहल गर्ने निर्णय गरिएको अमरगढी नगरपालिकाले जनाएको छ।

जिल्लाको समग्र विकासका लागि सबै स्थानीय तहहरुबीच समन्वय र सहकार्यका साथ अघि बढ्ने प्रतिवद्धता जनाएको अमरगढी नगरपालिकाले मंगलबार पत्रकार सम्मलेनमार्फत जानकारी गराइएको हो।

सातवटा स्थानीय तहमध्ये परशुराम नगरपालिकाबाहेक अन्य पाँच वटा स्थानीय निकायसंग सीमा जोडिएको अमरगढी नगरपालिकाले साझा विकासका काममा हातेमालो गर्दै सबै स्थानीय तहलाई शिक्षा, स्वास्थ्य, खेलकुद, भौतिक पूर्वाधार निमार्ण तथा शुसासन कायम गर्न सहज हुने भएकाले सदरमुकाममा  पहिलो बैठकको आयोजना गरि महत्वपूर्ण बुदाहरुमा छलफल गरी पहल गर्ने प्रतिवद्धता गरिएको पत्रकारकार सम्मेलन गरी नगरप्रमुख विशेश्वरप्रशाद ओझाले बताए।

समन्वय बैठकमा जिल्लाका साझा मुद्दा तथा आवश्यकताहरुको पहिरचनान गरी कमि कमजोरी भएका कामहरुलाई सुधार गरी स्थानियलाई स्थानिय स्तरमै सेवा सुविधा पुर्‍याउने विषयमा निर्णय गरी प्रतिवद्धता गरिएको उनले बताए। ‘सुदूरपश्चिम प्रदेशको एउटा मात्र उप क्षेत्रीय अस्पताल डडेल्धुरामा छ।’ उनले भने, स्थापना कालदेखि नै अस्पतालमा विशेषज्ञ चिकित्सकका पदपूर्ति हुन सकेका छैनन्।’

अस्पतालमा रिक्त रहेका विशेषज्ञ चिकित्सकलगायतका दक्ष जनशक्तिका पद पूर्तिका लागि सात वटै स्थानीय निकायले सम्बन्धित पक्षलगायत स्वास्थ्य मन्त्रालय केन्द्र र प्रदेशमा आवश्यक पहल गर्ने प्रतिवद्धता गरिएको छ।

कुनै बेला दुई हजारभन्दा बढी  विद्यार्थी अध्ययन गर्ने त्यस बखतको डडेल्धुरा शिक्षा क्याम्पस आल त्रिभुवन विश्व विद्यालयको आंगित क्याम्पससंगै बहुमुखी क्याम्पसका रुपमा स्थापित गरिदा पनि दुई सय विद्यार्थी नपाउने अवस्था रहेको बताउँदै उनले यस लाई प्राबिधिक क्याम्पस बनाउन पहल गर्ने पनि छलफल मार्फत प्रतिवद्धता गरिएको जानकारी दिए।

वर्षमा कम्तिमा पनि एकपटक सातवटै स्थानीय तहको सहयोगमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने सहमती पनि भएको उनले बताए। शिक्षा, स्वास्थ्य, खेलकुदसंगै सात वटै स्थानीय तहमा रहेका धार्मिक, सांस्कृतीक, प्राकृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न आवश्यक भौतिक पुर्वाधारहरु निर्माणसँगै प्रचारप्रसार मार्फत प्रवद्र्धन गर्न छलफल गरिएको छ।

नगरप्रमुख ओझाले भने, ‘सुशासित समाज निर्माणका लागी लैंगिक हिंसा, मदिरा, लागुऔषध, जुवाताल व्यवस्थापन गर्दै नियन्त्रण गर्न पनि बैठकमा छलफल गरी आवश्यक पहल गर्ने सहमति गरिएको छ।’

यस्तै जलवायु परिवर्तका विषयमा जनचेतना मुलक कार्यक्रमहरु पनि सञ्चालन गर्ने, समय अनुसारको कृषि तथा पशुपालन गरी उत्पादकत्व बढाउनका लागी समन्वय गर्ने लगायतका ३५ बुँदामा छलफल गरी सहमती गरेको उनको भनाइ छ। अर्को समन्वय बैठक गन्यापधुरा गाउपालिकामा कार्तिक १३ गर्ने बस्ने निर्णय पनि गरिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.