|

धनकुटा : धनकुटा हिलेमा रहेको गुराँशे टी स्टेटमा एक पक्षका मजदुरले लगाएको ताला  अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन्। उद्योगले ज्यालादारी मजदुरलाई एकपक्षीय ढंगले कामबाट निकालेको भन्दै पुनर्बहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले बुधबार लगाएको ताला उद्योगमा मासिक तलबमा काम गर्ने मजदुरले आफूहरुसँग कुनै सल्लाह नगरी तालाबन्दी गरिएको भन्दै तोडेका हुन्। उद्योगभित्र रहेका मजदुरले ताला तोडेका हुन्। ताला तोडेपछि उनीहरुले काम सुचारु हुने बताएका छन्।

ज्यालादारी मजदुरले काम गरेअनुसारको ज्याला पाइसको र आफूहरुले केही महिनादेखि तलब नपाएको र दशैँमा सबै रोकिएको तलब पाउने आशामा काम गरिरहेकोले काम कुनै हालतमा नरोक्ने उद्योगमा मासिक तलबमा काम गरिरहेका आशिष राउतले बताए। मासिक तलबमा काम गर्ने मजदुरले राजनीतिक आरोप प्रत्यारोपबाट प्रभावित भएर ताला लगाइएको आरोपसमेत लगाएका छन्।

यता अखिल नेपाल चिया मजदुर संघ इकाइ अध्यक्ष निर्मला तामाङ सरकारले ३ सय ८५ तोकेको भए पनि २ सय ५३ दिएर कामबाट निकालेकोले पटक-पटक पुनर्बहालीको माग गर्दापनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमाउत्रनु परेको वताइन। यस्तै अखिल नेपाल चिया मजदुर संघ जिल्ला अध्यक्ष नारायण तामाङले मजदुरको पुनर्बहाली र गत साउन ३१ बाट लागु भएको श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए।

यता गुराँशे टिस्टेट प्रालिका व्यवस्थापन पक्षका नविन कार्कीले सबैको सहमतिमा गत भदौ ६ र ७ मा काम गरिएको तलब निकाशा गरि ठेक्का प्रणालीमा काम सुरु गरिएको र त्यसको केही दिनपछि मजदुरले आन्दोलन सुरु गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.