|

जाजरकोट : उच्च हिमाली भागमा जडीबुटी संकलन गर्दा जनधनको क्षति नहोस् भनी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्लाको बारेकोट गाउँपालिका वडा ३,  ४ को चाखुरे पाटन र मुलसाम पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

जाजरकोट, जुम्ला, डोल्पाका स्थानीयहरु सेतोचिनी  लगाएतका जडीबुटी संकलन गर्न पाटनमा पुगेपछि पाटनमै स्वास्थ्य शिविरमा राखिएको बारेकोट स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए। बुधबारदेखि यहाँका दर्जन पाटनमा सेतोचिनी लगायतका जडीबुटी स्थानीयलाई संकलनका लागि अनुमति दिइएको छ। चाँखुरेपाटनमा झलक चन्दको नेतृत्वमा ४ जना र मुलसामका पाटनमा जयबहादुर नेपालीको नेतृत्वमा स्वास्थ्य कर्मी परिचालन गरिएको सिंहले जानकारी दिए। जाजरकोट र जुम्लाको सिमानामा पर्ने उच्च हिमाली पाटनमा भारी मात्रामा जडीवुटी पाईने गर्दछ। यहि जडिवुटी संकलन गरी विक्री गरेको रकम बाट यहाँका स्थानीयहरु दैनिक घर खर्च टार्दै आएका छन्।

यार्सागुम्वापछि  सेतोचिनी सबैभन्दा बढी संकलन र विक्री हुने भएको बारेकोट गाउँपालिका वडा ५ का जनकबहादुर शाहीले जानकारी दिए। अहिले पाटनहरुमा १ हजार ५ सय भन्दा वढी संकलनकर्ताहरु र व्यापारीहरु पुगेको बारेकोट गाउँपालिका वडा ४ की वडा अध्यक्ष सिर्जना बस्नेतले जानकारी दिए। सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। जडीवुटी संकलन गर्दा विरामी हुँने संकलनकर्तालाई पाटनमै उपचारको व्यवस्था गरेपछि अहिले स्थानीयहरु खुसी भएको शाहीले जानकारी दिए।

योभन्दा अगाडि यसरी पाटनमै स्वास्थ्य शिविर सञ्चालन नगर्दा धेरै सकंलनकर्ताहरु विरामी भई ज्यान गुमाउने गरेका थिए। अहिले अकालमै ज्यान नजावस भनी स्वास्थ्य शाखाले पाटनमै शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको इन्चार्ज विरराज सिंहले बताए।        

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.