|

पोखरा :  गण्डकी प्रदेशको लोगोका निर्माता विनित राना मगर विरुद्ध कपिराइटको उजुरी परेको छ। लोगोको प्रतिस्पर्धामै सहभागि पोखराका महेन्द्र उपाध्यायले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर आफुले बनाएर पेश गरेकै लोगोलाई तोडमोड गरेको भन्दै उजुरी दिएका छन्।

प्रदेशको लोगो तथा पोशाक सिफारिस समितिले कार्यव्यवस्था परामर्श समितिले असोज १५ गते लोगो कार्यव्यवस्था परामर्श समितिमा पेश गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। प्रदेश सभा सचिवालयले गत साउन २१ गते सूचना जारी गरी खुल्ला प्रतिस्पर्धा गरी लोगोको आह्वान गरेको थियो। सोही सूचनाका आधारमा उपाध्याय, रानामगरसँगै पवन पौडेल, अनुसन्धान पोखरेल र प्रेम श्रेष्ठले १२ वटा लोगोको नमुना पेश गरेको थिए।

पाँच जनाको १२ वटा लोगो मध्ये गोरखाका विनित राना मगरको लोगो छानिएको छ। गत भदौ ३० गते प्रदेशसभा सदस्य मायानाथ अधिकारीको संयोजकत्वमा मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य सहभागी बैठकले गोरखाका बिनितको लोगो चयन गरेका थिए। 

उक्त बैठकमा सभामुख नेत्रनाथ अधिकारी, आन्तरिका मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, उपपसभामुख सिर्जना शर्मा, प्रदेशसभा सदस्यहरु कृष्णबहादुर थापा र कुमार खड्का समेत सहभागी थिए।

उपाध्यायले २ वटा लोगोको नमुना प्रदेशसभाको ईमेलमा पठाएका थिए। तर, उनको लोगो छनोट भएन। छनोट नभएतापनि आफुले पठाएका २ वटा लोगो मिलाएर थोरैमात्र परिमार्जन गरिएको उनले दाबी गरेका छन्।

सम्बन्धित समाचार

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.