|

चीनकी चर्चित फिल्म अभिनेत्री फान विङविङलाई ८८३ मिलियन युआन (करिब १३ करोड अमेरिकी डलर) जरिवाना गरिएको छ। कर छली र अन्य अपराधमा संलग्न रहेको अभियोगमा उनलाई उक्त रकम जरिवाना गरिएको बीबीसीले लेखेको छ।

फान विङविङ गत जुलाईमा गायब भएकी थिइन्। त्यसपछि उनले सामाजिक सञ्जालमा लामो माफीनामा लेखेकी थिइन्।

फान विङविङ चीनमा अत्यधिक रूचाइएकी कलाकार हुन्। उनको नाम सर्वाधिक कमाइ गर्ने कलाकारमा पर्छ। चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार विङविङले करिब १३ करोड अमेरिकी डलर जरिवाना बुझाए उनीमाथी अपराधिक मुद्दा लगाइने छैन।

चीनमा कलाकारहरूले आफ्नो वास्तविक कमाइ लुकाएर कर छली गरेकोबारे छानबिन भइरहेको बताइएको छ। कलाकारहरूले राज्य संयन्त्रलाई कमाई कम देखाएर कर छली गर्ने गरेको बताइएको छ।

३७ वर्षीया विङविङ एक्सन फिल्ममा काम गर्ने कलाकार हुन्। उनले हलिउडको ‘एक्सन म्यान’ जस्तो महंगो फ्रेन्चाइज फिल्ममा काम गरेकी छन्। गत जुलाई १ देखि उनी कतै पनि देखिएकी थिइनन्। उनी अहिले कहाँ छिन् भन्ने पत्ता लागेको छैन। उनलाई कतै गोप्इ ठाउँमा नजरबन्द गरिएको हुनसक्ने आँकलन गरिएको छ।

उनले बुधबार मात्रै चीनको सामाजिक सञ्जाल विबोमा एक स्टायटस लेखेकी छन्। जसमा उनले लेखेकी छन्, ‘म धेरै दुःखमा छु। मैले जुन काम गरे त्यसमा मलाई पश्चताप छ। लज्जित छु। म सबैसँग माफी माग्न चाहन्छु।’

उनले अगाडि लेखेकी छन्, ‘जाँचपछि कानून अनुसार ममाथि जरिवाना लगाइएको छ। म उक्त जरिवाना स्वीकार गर्छु। म आदेश पालना गर्नेछु। म यो समस्याबाट चाँडै बाहिर निस्किने आशामा छु र प्रयासरत छु। पैसा जुटाएर ममाथि लगाइएको कर र जरिवाना तिर्ने प्रयास गर्दैछु।’

उनले चीनियाँ कम्युनिस्ट पार्टीको प्रशंसा गरेकी छन्। उनले देश र पार्टीको नीतिको सामुन्ने आफू सामान्य नागरिक भएको बताएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.