|

गुल्मी :  पहिले घरमा श्रीमानले खान दिएनन्, हेला गरेलगायतका समस्याहरु देखाउदै महिलाहरुले जिल्ला अदालतहरुमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गर्थे तर जिल्ला अदालत गुल्मीमा भने भाद्र १ गते देखि  असोज १७ गते सम्म  २१ जना पुरुषहरुले महिलाहरुसँग  सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गरेको पाइएको छ। 

पुरुषले सम्बन्धविच्छेद माग्नुका कारणहरु भने  प्राय शारीरिक र मानसिक जालप्रपन्ज, ३ वर्ष सम्म सहमति बिना नै अन्यन्त्र बसोबास गर्ने गरेकोलगायतका कारणहरु रहेको जिल्ला अदालत गुल्मीका सुचना अधिकारी एबम श्रेस्तेदार दुर्गा बस्यालले  जानकारी दिए।  पुरुषहरुको सम्बन्धविच्छेद माग्नेको संख्या २१ रहेको छ भने महिलाहरुको भने १८ रहेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.