|

भोजपुर : भोजपुरमा वायुसेवा निगमको गत दुई महिनाबाट अवरुद्ध भएको उडान सेवा आजबाट पुनः सञ्चालनमा आएको छ। साउन १८ गतेबाट जहाज मर्मत तथा व्यवस्थापन गर्नुपर्ने भन्दै निगमले हवाई सेवा बन्द गरेको वायु सेवा निगम भोजपुरमा कार्यरत राजुकुमार मिजारले जानकारी दिए। निगमले यसअघि जेठ ८ देखि टुइनअटर जहाजको मर्मत गर्ने भन्दै उडान सेवा बन्द गरेको थियो।

निगमले ८ जेठबाट बन्द गरेको उडान सेवा गत असार २२ गतेदेखि जहाजको उडानको भाडादर  एक हजार तीन सय ५० रुपैयाँको दरले बढाएर काठमाडौ भोजपुरको भाडा पाँच हजार एक सय ३० पुर्‍याएर उडान सेवा सञ्चालनमा ल्याएको थियो।

तर, निगमले भाडादर बढाएर सेवा पुनः सञ्चालनमा ल्याएको एक महिना नबित्दै फेरि जाहाज उडान सेवा १८  साउनदेखि बन्द थियो। यसरी नै पटक-पटक निगमले बन्द गरेको भोजपुर काठमाडौं र भोजपुर विराटनगर दुवै उडान सेवा पुनः निगमले आजबाट सञ्चालनमा ल्याइएको हालका वायु सेवा निगम भोजपुरका प्रमुख दिनेश सुन्दासले जानकारी दिए।

यता पटक-पटक जहाजले उडान नभर्दा भोजपुरका अस्पातालबाट थप उपचारको लागि अन्यन्त्र रिफर गरेका बिरामी, वृद्धवृद्धा, साथै महत्वपूर्ण  काम लिएर भोजपुर काठमाण्डौ र भोजपुर विराटनगर जानुपर्ने बाध्यता भएका नागरिक मारमा परेका थिए।  निगमको भोजपुर काठमाण्डौ सातको आइतबार र सोमबारबाहेक हप्ताको पाँच दिन र भोजपुर विराटनगर हप्ताको १ दिन उडान भर्ने वायु निगम सेवा भोजपुरका प्रमुख सुन्दासले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.