|

काठमाडौं : ‘बुगी वुगी’ नामक डान्स रियालिटी शो बिजेता कविता नेपाली अहिले धमाधम म्युजिक भिडियोमा काम गरिरहेकी छिन्। उनलाई लिएर म्युजिक भिडियो बनाउँन धेरै निर्देशकहरु तयार देखिन्छन्। उनै कविता नेपाली र निराजन प्रधान अभिनित एक म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक ‘मेरो आँखामा’ बोलको गीतको भिडियोमा कविताको आकर्षक नृत्य देख्न सकिन्छ। निरोज लामाको स्वर र संगीत रहेको यस गीत एल्बम ‘मार्ग’मा समावेश छ।

नितिन चन्दको निर्देशनमा तयार भएको यस भिडियोलाई हाई कुमार राईले निर्माण गरेका हुन्। अमित केआर चन्दले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

हेर्नुहोस् भिडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.