|

काठमाडौं : कात्तिक ३० गतेबाट प्रदर्शन आउने फिल्म ‘दैलो’को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा पारिवारिक कथालाई प्रस्तुत गरिएको छ। फिल्मका सम्पूर्ण कलाकारलाई स्थान दिइएको ट्रेलरमा छोरा र छोरीले आफ्नो परिवारलाई गर्ने प्रेमलाई देखाइएको छ।

नेपाली मौलिक कथा बोल्ने फिल्मलाई सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेका हुन्। फिल्ममा यशोदा उप्रेती र अर्जुन उप्रेतीको पनि लगानी रहेको छ।

निर्देशक उप्रेतीकै कथा समावेश फिल्ममा सुरेशसँगै दुर्गा साउत, विकाश चौलागाइँ, दीपक डोटेल, मुना प्रसाइँ, दिक्षा आचार्य, सुयोग उप्रेती, अनु ढुङ्गाना लगायतको मुख्य भूमिका रहेको छ।

विमलकुमार भट्टराईले खिचेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्। फिल्ममा लक्षुप्रकाश मल्ल र निलम उप्रेतीको संगीत संयोजन रहेको छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.