|

विराटनगर : प्रदेशको नाम र राजधानीको टुंगो लगाउन प्रदेश सरकारले तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दलको बैठक पनि सुरु गरेको छ। विराटनगर एयरपोर्टस्थित होटल पर्पल हेजमा बसेको बैठकले सांसदहरुको धारणा माग गर्ने र राजधानी र नामको विषयमा केन्द्रीकृत धारणा निर्माण गर्ने बताएको छ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकार र नेकपाले नाम र राजधानीको टुंगो लगाउने तयारी गरिरहेको कारण आफ्नो दलले पनि साझा धारणा बनाउन बैठक बसेको बताए।  कांग्रेसका सचेतक सूर्यमाराज राईले भने प्रदेशको राजधानी विराटनगरलाई नै बनाउनु पर्नेमा जोड दिए। राजधानीका मन्त्रालय तथा कार्यपालिका र व्यवस्थापिका छुट्टा-छुट्टै ठाउँमा राख्ने मुख्यमन्त्रीको धारणाको विषयमा भने नेपाली कांग्रेसले अस्वीकार गर्ने बताए।

नेकपाले भने असाेज १४ र १५ गते संसदीय दलको बैठक राखेर सांसदहरूको धारणा बुझेको छ। स्रोतका अनुसार सोही धारणाका आधारमा सरकारले ठोेस प्रस्ताव निर्माण गर्ने तयारी गरिरहेको छ। संसदको यही अधिवेशनमा प्रदेशको नाम र राजधानीको टुंगो लगाउने सरकारको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.