मनोरञ्जन

‘को बन्छ करोडपति’ प्रशारण हुने, अमिताभले दिए नेपालीमै शुभकामना
SHARES

असोज १८, २०७५

    काठमाडौं : नेपाली टेलिभिजनहरूमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रम बढिरहेको छ। त्यस्तैमा अब भने नेपालमा अर्को चर्चित रियालिटी शो‘ को बन्छ करोडपति’ पनि थपिने पक्का भएको छ।

    ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण ‘कौन बनेगा करोडपति’ नेपाली दर्शकमाँझ पनि एकदमै लोकप्रिय मानिन्छ। हिन्दी संस्करणका सञ्चालक अमिताभ बच्चनले नेपाली संस्करणलाई शुभकामना दिएका छन्। उनले नेपाली भाषामा नै शुभकामना दिएका हुन्। उनले भिडियोमा बोलेका छन्,‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ? म एकदम खुशी छु। भारतमा रुचाइएको कार्यक्रम नेपालमा प्रसारणमा आउँदैछ। सबैलाई शुभकामना।’

    ‘को बन्छ करोडपति’लाई राजेश हमालले संचालन गर्नेछन्। राजेश हमाल फिचर्ड प्रोमो पनि बिहीबार नै सार्वजनिक गरिएको छ। ‘को बन्छ करोडपति’का लागि तयारी भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम अर्को महिनादेखि एपि वान टेलिभिजनबाट प्रसारणमा आउनेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]