'कवि मनले कवितात्मक ढंगले केही भन्दैमा त्यसैका पछि कुद्नुपर्ने केही छैन'

|

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको विवाद लामो समय नटिक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७३औँ महासभालाई सम्बोधन गरेर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीभित्रको विवाद छिट्टै व्यवहारबाटै समाधान हुने बताएका हुन्।

त्रिभुवन विमानस्थलको विशेष कक्षमा बिहीबार पत्रकार सम्मेलन गर्दै ओलीले अमेरिका भ्रमण सफल भएको पनि बताए। उनले आफ्नो अमेरिका र कोस्टारिका भ्रमणले नेपाललाई विश्व समुदायमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। सोही क्रममा ओलीले पार्टी भित्रको विवादलाई लिएर विमानस्थलमा असन्तुष्टी जनाएका थिए।

आफू र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेश गएका बेला नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र उनी निकट नेताहरूले पार्टी नेतृत्व र सरकारको बारेमा कडा आलोचना गर्नुका साथै स्थायी समितिका सदस्यलाई चीयापानमा बोलाएको विषयमा पार्टी अध्यक्षसमेत रहेका ओलीले विरोध गरे। उनले नेता नेपाललाई लक्षित गर्दै चुनाव अगाडिदेखि नै एकताको विपक्षमा रहेको खुलासा गरे। उनले 'चुनावअगाडि तालमेलको कुरा गर्दा तालमेल हुन्न भन्ने, सहमति गर्न लाग्दा सहमति हुन्न भन्ने  कुरा आएको थियो र सहमति भैसकेपछि यो अडिँदा पनि अडिँदैन टिक्दा पनि टिक्दैन भन्ने कुरा पनि आएको थियो। हामीले त्यसबेला पार्टी एकीकरणसमेत हुन्छ भन्यौँ, त्यो पनि हुँदैन भन्ने कुरा आयो।' उनले नेता नेपालको विरोध अहिले मात्र नभै पहिले देखि निरन्तर रहेको भन्दै, 'तत्कालीन एमाले र माओवादीबीच एकता नभएसम्म त्यै विषय फेरि धुमधामसँग उठ्यो, यो हुने कुरा नै होइन भन्नुभयो।'

यो पनिः

ओलीले एकता भएपछि पनि नेता नेपालको उक्त दुखेसो अन्त्य नभएकोमा खिन्नता प्रकट गरे। उनले भने, 'एकता भएपछि पनि तल्ला तहहरूसम्मको एकीकरण भएन भनेर कुरा उठ्या छ।' उनले अब छिट्टै एकताको कामले पूर्णता पाउने बताए। उनले भने, 'अब दुईचारदिन पर्खिनुस्, त्यो पनि टुंगिन्छ। त्यसको पनि जवाफ व्यवहारबाटै सिद्धिन्छ।'

यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराउँछ र योभन्दा बलियो भएर आउँछ। यसमा अहिले नै धेरै नजाऊँ।

वरिष्ठ नेता नेपालले संसद अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभालाई सम्बोधन गर्दै सरकारका कामहरूको खुलेर आलोचना गरेका थिए। उनले सरकारका बारेमा जताततै आलोचना र निन्दा मात्रै सुनिएको भन्दै चिन्ता जाहेर गरेका थिए। नेता नेपालको उक्त कुराको पनि प्रधानमन्त्री ओलीले आज जवाफ दिएका थिए। उनले सरकारले गरेका कामहरूको सन्दर्भमा देशभित्र र बाहिर राम्रो प्रशंसा भएको बताए। नेपालले देश डुब्न लागेको र बचाउनका लागि माझी चाहिएको प्रसंग निकालेका थिए। उनले भने, 'सरकारले नराम्रो काम एउटा पनि  गरेको छैन। राम्रो गर्ने कोशिस गरेको छ। राम्रो काम गरेको छ। र, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको छ।' उनले सरकारले भारतसँगको सम्बन्ध बेग्लै उचाइमा पुर्‍याएको र सार्वभौम समानताको आधारमा वास्तविक अर्थमा अगाडि बढाइएको बताए। उनले चीन र अन्य देशहरूसँग पनि सम्बन्ध राम्रो बनाएको बताए। उनले दुई छिमेकीसँग मात्रै नभएर विश्वका अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध बनाएको धारणा राखे। 

संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा सहमागी भएर नेपालको अवस्था उपलब्धि प्राथमिकता आवश्यकता र नेपाल कसरी अगाडि बढ्न चाहन्छ भन्ने बारेमा आफूले प्रष्टसँग राखेको जानकारी गराए। उनले परराष्ट्र नीतिमा कुनै अलमल नहुने गरी आफ्ना महासभामा आफ्ना धारणा प्रस्तुत गरिएको जानकारी दिए। प्रधानमन्त्रीले यस्तो अवस्थामा सरकारको विरोध गर्नुको तुक नभएको बताए। उनले भने, 'के कुरामा चित्त बुझेको हुँदैन, कवि मनले कवितात्मक, लयात्मक ढंगले केही कुरा भनिहाल्यो भने अनि त्यसैलाई समातेर कुद्नपर्ने केही पनि छैन।' नेपालका कुरा आफूले सबै नसुने पनि कवितात्मक ढंगले पुरानो गीत सम्झिएको भन्ने कुरा थाहा हुन आएको बताए। उनले बोल्दै जाँदाखेरी पुरानो गीत सम्झना हुन पनि सक्ने भएकाले त्यसलाई ठूलो कुरा बनाउनुपर्ने आवश्यकता नभएको बताए।

'तपाईंहरूले लक्षण देख्नुभएको छ यसले (सरकारले) कुन गति लिइरहेको छ भन्ने देख्नुभएको छ', उनले सरकारको आयुबारे भने, 'यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराउँछ र योभन्दा बलियो भएर आउँछ। यसमा अहिले नै धेरै नजाऊँ।' उनले वरिष्ठ नेता नेपालको अभिव्यक्ति तर्फ लक्षित गर्दै भने 'अस्थायी कुराहरू, एउटा कुनै हावा चल्यो, कुनै पात यसो हावामा बह्यो भने त्यसका पछाडि कुद्ने राजनीति कुनै विषय भएको, दृष्टिकोण भएको, नीति भएको, देशलाई दिशा दिने, जनताका समग्र यथार्थ समस्या सम्झिने राजनीति होइन। त्यस्ता राजनीतिका पछाडि कतिपय पक्षहरू कुदे भने त्यो विषय विहीनता, आजकल मुद्दा भन्ने चलन छ नि!, मुद्दाहीनताको अवस्था मात्रै हुन्छ।' उनले आफूले धेरै भनिरहन आवश्यक नभएको र जनताले राम्रोसँग कुरा बुझेको प्रतिक्रिया दिए। 

मानौँ नेपाल यो सात महिनामा गरिब भएको हो। नेपालका बाटा सात महिनामा नबनेका हुन्। पहिले त बाटैबाटा थिए पिचैपिच थिए। चौँडा बाटाहरू थिए नेपालमा जस्तो गरेर जो चर्चा गर्नेछ सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरूलाई भन्न चाहन्छु कहिले कहिले मान्छेलाई कसैलाई गाली गरेपछि सन्तोष मान्ने बानी परेको हुन्छ। सन्तोष मान्नका लागि होइन तथ्यपरक ढंगले प्रस्तुत हुनु वाञ्छनीय हुन्छ।

संघीयता गणतन्त्र लोकतन्त्र आएको र मुलुक व्यवस्थित बन्दै गएको बताए। उनले विकास निर्माणका काम अगाडि बढेको बताए। बजेटले दुई महिना मात्रै काम गरेको र निकासा नै हुन नपाउँदै यो भएन र त्यो भएन भन्न नहुने बताए। उनले भने, 'मानौँ नेपाल यो सात महिनामा गरिब भएको हो। नेपालका बाटा सात महिनामा नबनेका हुन् ? पहिले त बाटैबाटा थिए पिचैपिच थिए?  चौँडा बाटाहरू थिए नेपालमा जस्तो गरेर जो चर्चा गर्नेछ सबैभन्दा लामो समय सरकारमा बस्ने साथीहरूलाई भन्न चाहन्छु कहिले कहिले मान्छेलाई कसैलाई गाली गरेपछि सन्तोष मान्ने बानी परेको हुन्छ। सन्तोष मान्नका लागि होइन तथ्यपरक ढंगले प्रस्तुत हुनु वाञ्छनीय हुन्छ।'

उनले संयुक्त राष्ट्रसंघीयको महासभामा भाग लिन गएका बेला विभिन्न देशहरूसँग रोकिएको उच्चस्तरीय संवाद भएको बताए। उनले देशको पक्षमा प्रभाव पारेको बताए। उनले विभिन्न देशहरूसँग इतिहासमा सबैभन्दा राम्रो वेगमा सम्बन्ध विस्तार र भएको बताए। उनले सकारात्मक भूमिका  उपयोगी भएको र यसको प्रतिफल समयक्रममा आउने बताए। 

ओलीले आफू नेता नेपालसँग ०२९ सालदेखि रहेको बताउदै भने, 'उहाँसँग ०२९ सालदेखि मेरो मित्रता छ। घनिष्ठता लगातार छ। सँगै काम गरेका अनुभव छन्। त्यसकारण त्यो चिन्ता छोडेर ढुक्क हुन आग्रह गर्दछु।'

सम्बन्धित समाचारः

​प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाबाट फर्किएपछि जारी गरेको वक्तव्यः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.