|

बैतडी : स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐनको बेवास्ता गर्दै आएका छन्। असारमै सम्पन्न हुनुपर्ने नगरसभा पाटन नगरपालिकाले तीन महिनापछि गरेको छ। पाटन नगरपालिकाको चौथो नगरसभा असोज १८ मा सम्पन्न भएको छ। 

सभाले ४६ करोड ६३ लाख १६ हजार रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले चालु खर्चतर्फ ३२ करोड ७३ लाख ६२ हजार २९० र पुँजीगततर्फ १३ करोड नौ लाख ५३ हजार १११ रुपैयाँ विनियोजन गरेको छ। यस्तै, आर्थिक विकासतर्फ एक करोड ४१ लाख ९१ हजार ४०, सामाजिक विकासतर्फ छ करोड ८२ लाख ३१ हजार ४७० रुपैयाँ विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए।

यस्तै, भौतिक पूर्वाधार विकासतर्फ छ करोड ४५ लाख ८३ हजार ५४०, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४२ लाख ७६ हजार २८० रुपैयाँ र संस्थागत विकासतर्फ तीन लाख ६६ हजार ९०० विनियोजित गरिएको छ। नगरसभाले नगर क्षेत्रभरि कुल ४४७ वटा योजना निर्माण गर्ने नगरसभाले पारित गरेको छ।

गत असारमै नगरसभा सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले नगरसभा धकेलिएको हो। नगरपालिकाले गत असारमै नीति तथा कार्यक्रम पारित गरेको भए पनि जनप्रतिनिधिहरुबीच विवाद हुँदा ढिलो गरी नगरसभा सम्पन्न भएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.